कोशी अञ्चल अस्पतालमा बिरामीको चाप बढ्दो, एउटै शय्यामा चार बिरामी !

37 Hits

विराटनगर। विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा अहिले बिरामीको चाप बढ्दो छ । केही दिनयता अस्पतालमा रूघाखोकी, ज्वरो, निमोनिया, छाडापखाला, दमलगायत रोगका बिरामीको चाप बढेका कारण एउटै शय्यामा ४ बिरामीले समेत उपचार गराइरहेका छन् ।

यस अस्पतालमा अधिकांश विपन्न, सुकुम्बासी परिवारका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् भने अस्पतालको १७ शय्याको आकस्मिक कक्षमा दैनिक ६० देखि ७० बिरामी आउने गरेका कारण स्थान अभाव भएको हो । यतिमात्र नभएर शय्याको अभाव भएपछि आकस्मिक कक्षमा रहेको चारवटा झ्याललगायत टेबल, कुर्सीमा राखेर समेत उपचार भइरहेको छ । कतिपय बिरामीको काखैमा राखेरसमेत उपचार भइरहेको पाइएको छ ।

अस्पतालका आकस्मिक कक्ष इञ्चार्ज रघुनन्दन अधिकारीले जम्मा १७ वटा शय्या रहेको यस अस्पतालमा दैनिक ६० देखि ७० जना बिरामी आएपछि निकै नै समस्या भएको जानकारी दिए । उनले एउटै शय्याको चार कुनामा चारजना बिरामीलाई राखेर उपचार गर्न बाध्य रहेको ल्याएको बिरामीलाई फर्काउन नमिल्ने भएका कारण झ्यालमा मात्र नभएर काखमा राखेर पनि उपचार गर्नुपर्ने बाध्यता रहेको जानकारी दिए ।

यसैगरी उनका अनुसार हाल दैनिक २० जना निमोनिया रोगले पीडित बालबालिका र २० सम्म ज्वरोले बिरामी भएर उपचारका लागि आउने गरेका छन् । उनले भने, ‘अस्पताल प्रशासनलाई वर्षौंदेखि आकस्मिक कक्षको शय्या बढाउन माग गर्दै आएका छौं तरपनि हालसम्म कुनै सुनुवाइ भएको छैन ।’

यता अस्पताल निमित्त प्रमुख डा. रोशन पोखरेलले पुरानै संरचनामा हालसम्म अस्पताल सञ्चालन हुँदै आएकाले समस्या भएको स्विकारे । उनले अहिले भइरहेको मौसम परिवर्तनले दैनिक बिरामीको संख्यामा वृद्धि हुँदै गएको छ ।

अस्पतालको तथ्यांकका अनुसार इन्डोर र बहिरंग सेवा गरी दैनिक १ हजार ५ सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी