बधशालामा ‘कुहिएको’ मासु : सरकारले लगायो ताला

30 Hits

काठमाडौं । बधशालामा कुहिएको मासु भेटिएपछि सरकारको अनुमगन टोलीले ललितपुरका चार बधशालामा ताला लगाएको छ । अनुगमनक्रममा बधशालाले सामान्य सर्त पनि पूरा नगरेको पाइएपछि ताला लगाएको हो ।

कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र ललितपुर महानगरको संयुक्त टोलीले बजार अनुमगन गरेको थियो । त्यसक्रममा ललितपुर बजार क्षेत्रका पाँच बधशालामा अनुमगन टोली पुगेको थियो ।

त्यसमध्ये मापदण्ड पूरा नभएका चार बधशालामा सकारको टोलीले ताला लगाएको हो । त्यस्तै, एक बधशालालाई भने सचेत गराएर छाडिएको छ ।

कृषि मन्त्री चक्रपाणि खनालका प्रेस संयोजक वोमलाल गिरीका अनुसार ताला लगाइएको बधशलामा कुहिएको मासु भेटिएको थियो । ताला लगाइएका बधशालामा आरके मिट सप, ए वान मिट सप तथा देव खड्गी र सुनील शाहीले सञ्चालन गरेका बधशाला रहेका छन् ।

लापरबाही भेटिएको अर्को बधशाला लक्ष्मी मिट सपलाई भने सचेत गराएर छाडिएको छ । त्यसरी बधशालामा भेटिएको कुहिएको मासु बजारमा मःम पसलेले लैजाने गरेको बताइएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी