आफ्ना दाजुलाई रातो कार्ड दिने रेफ्रीप्रति रोनाल्डोकी बहिनी आक्रोशित, यसो भनिन्

77 Hits

एजेन्सी।
क्रिस्टियानो रोनाल्डोलाई सामान्य विषयमा रातो कार्ड दिएको भन्दै उनकी बहिनीले आक्रोश व्यक्त गरेकी छन् । सामाजिक सन्जालमा विचार राख्दै रोनाल्डोकी बहिनी केटियाले आफ्ना दाजुलाई अस्वभाविक रूपमा दिएको रातो कार्डप्रति कडा आपत्ति जनाएकी हुन् ।

रोनाल्डोेले २ दिनअघि युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस भ्यालेन्सियाविरुद्ध खेल्नेक्रममा खेलको २९औं मिनेटमा रातो कार्ड पाएका थिए । युभेन्टसका लागि च्याम्पियन्स लिगको डेब्यु खेल खेलिरहेका उनले पहिलो खेलमै अप्रत्यासित रूपमा रातो कार्ड पाएपछि उनले रुँदै मैदान छाडेका थिए ।

मैदानमा विपक्षी खेलाडीलाई हात लगाएको आरोपमा रोनाल्डोलाई रातो कार्ड देखाइएको थियो । सोही विषयमा रोनाल्डोकी बहिनीले ‘उनीहरू आफ्ना दाजुलाई सिध्याउन लागेको’ भन्दै रिसाएकी हुन् ।

‘यो एकदमै गलत भयो । गलत भएकोमा न्याय हुनेछ,’ केटियाले भनेकी छन्, ‘उनीहरू मेरा दाजुलाई सिध्याउन चाहन्छन् ।’

रातो कार्डपछि रोनाल्डोले लिगअन्तर्गत योङ ब्वाइजसँगको आगामी खेल गुमाउने छन् । अन्य खेलमा लाग्न सक्ने सम्भावित प्रतिबन्धबारे भने युइएफएले हालसम्म बोलेको छैन ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी