भण्डारणमा हुँदाहुँदै किन भयो पेट्रोलियम पदार्थको अभाव

71 Hits

काठमाडौं । काठमाडौंका अधिकांश पेट्रोल पम्पमा बिहीबार बिहानैदेखि इन्धनको अभाव भयो । हरेक पेट्रोल पम्पहरुमा इन्धनका लागि लामो लाम लागेको थियो । बिहानको समयमा केहीहदसम्म पेट्रोल पाइएपनि दिउँसो भने पूर्णरुपमा नै अभाव भएको भन्दै पेट्रोल छैन भन्ने कार्ड अधिकांश पेट्रोल पम्पहरुमा झुण्डियो ।

कारण भने मुलुकी ऐन सच्याउनुपर्ने माग सहित सवारी चालकले गरेको आन्दोलन थियो । चालकहरुको आन्दोलनका कारण ट्यांकरसमेत ठप्प हुँदा ईन्धन ढुवानी हुन सकेन । त्यसकारण अधिकांस पम्पहरुमा ईन्धनको अभाव भएको पम्प सञ्चालकहरुले बताए ।

बुधबार दिनभर ट्यांकरहरुले ईन्धन ढुवानी गरेका कारण काठमाडौंमा बिहीबार नै ईन्धन अभाव नै हुनु नपर्ने देखिन्छ । आयल निगमले पनि भण्डारणमा आफूसँग पर्याप्त ईन्धन भएको बताएको छ । बजारमा तेल अभाव देखिएपछि निगमले करिब ११ लाख लिटर तेल बजारमा पठाएको बताएको छ । बजारमा अभाव हुन नदिन बाहिरबाट पनि ईन्धन माग गरेको निगमले जनाएको छ ।

काठमाडौंमा रहेका कूल १ सय २० वटाभन्दा बढी पेट्रोल पम्पले मागभन्दा केही बढी भण्डारण गर्ने गर्छन । तर बजारमा भने बिहीबार दिनभर नै ईन्धनको अभाव देखियो ।

अहिले तेल ढुवानी गर्ने अधिकांश चालक हेटौंडा र सिमरामा रहेका छन् । जसको कारण रक्सौलबाट तेल उठ्न सकिरहेको छैन । काठमाडौंमा दैनिक ६ लाख लिटर पेट्रोल र ५ लाख लिटर डिजेलको माग रहेकोमा अहिले मागभन्दा आपूर्ति कम हुँदा सर्वसाधारणले बिहीबार दिनभर सास्ती भोग्नु परेको हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी