नेपाली संघिय समाज फोरम यूकेको तेश्रो अधिवेसन अक्टोबर ६ मा

165 Hits

लण्डन, असाेज ।

नेपाली संघिय समाज फोरम यूकेको तेश्रो अधिवेसन अागामी अक्टोबर ६ मा हुने भएकाे छ ।

समाजको तेश्रो अधिवेसनमा  संघिय समाज फोरम नेपालका बरिष्ठ नेता अशोक कुमार राई प्रमूख अतिथि रहने बताइएकाे छ ।

अधिवेशनमा केन्द्रिय सदस्य तथा केन्द्रिय महिला ईन्चार्ज श्रीमती सुसिला श्रेष्ठ राई पनि अतिथिकाे रूपमा सहभागी हुने जानकारी दिइएकाे छ । अधिवेशन  बेलायतको फान्ब्रोमा हुनेे  जानकारी नेपाली संघिय समाज फोरम यूकेका सहअध्यक्ष तथा अधिवेसन आयोजक समितिका संयोजक बाल कृष्ण राईले दिएका छन् ।

राईका अनुसार अधिवेशनमा नेपालमा भईरहेको पहिचानको आन्दोलनलाई सहयोग र समर्थन गर्दै याेजना निर्माण गर्नेछ ।

उनले भने – पहिचान र उत्पिडनकोलागी निरन्तर लड्दै आएको हाम्रो समाज यस अधिवेसनमा पनि त्यही विषयले प्राथमिकता पाउँछ ।”अधिवेशनकाे नारा  बर्गिय मुक्तिकानारा लागी समाजबाद, जातिय मुक्तिकालागी संघियता, हामी सबैको नैसर्गिक अधिकार, हरेक निर्वाचनमा प्रवासी नेपालीहरुको मताधिकार, भन्ने रहेको राईले बताए ।

राईलेे अधिवेशनमा युकेमा रहेका सम्पूर्ण नेपालीहरूलाई उपस्थित हुनकाे लागि अपिल पनि गरेका छन् ।

हेर्नुहाेस् उनकाे अपिल :

आदरणीय यूके बासी नेपाली दाजु भाई दिदी बहिनी तथा बिभिन्न संघ संगठनमा आवद्ध संघ संगठनका नेतृत्व तथा सदस्य ज्यूहरु ।
यही आउदो अक्टोबर ६ तारिख शनिवारका दिन नेपाली संघिय समाज फोरम यूकेको तेश्रो अधिवेसन नेपाली संघिय समाज फोरम नेपालका बरिष्ठ नेता अशोक कुमार राई, केन्द्रिय सदस्य तथा केन्द्रिय महिला ईन्चार्ज श्रीमती सुसिला श्रेष्ठ राई को आतिथ्यमा बेलायतको फान्ब्रोमा हुन गईरहेको जानकारी गराउद छौं ।
सो अधिवेसनको बिषयमा नेपाली संघिय समाज फोरम यूकेका सहअध्यक्ष तथा अधिवेसन आयोजक समितिका संयोजक बाल कृष्ण राईका अनुसार “नेपालमा भई रहेको पहिचानको आन्दोलनलाई सहयोग र समर्थन गर्दै आई रहेको हाम्रो संगठनले स्थापना काल देखि निरन्तर संघर्षरत रहि आएको छ । पहिचान र उत्पिडनकोलागी निरन्तर लड्दै आएको हाम्रो समाज यस अधिवेसनमा बर्गिय मुक्तिकालागी समाजबाद, जातिय मुक्तिकालागी संघियता, हामी सबैको नैसर्गिक अधिकार, हरेक निर्वाचनमा प्रवासी नेपालीहरुको मताधिकार, भन्ने मुख्य नारा रहेको छ । सोहि बिषयको वरिपरिमा प्रमुख अतिथीहरु बाट महत्वपुर्ण मन्तब्यका साथै अहिलेको बर्तमान नेपालको राजनैतिक आर्थिक सामाजिक स्थिति बिषयमा बिचारहरु राख्नु हुनेछ ।” संयोजक राईले बेलायतमा रहेको नेपाली समुदायलाई अनुरोध गर्दै “समयको चापको कारणबस कुनै संघ संस्था तथा ब्यक्तित्वहरुले निमन्त्रणा प्राप्त गर्नु भएको छैन भने पनि यहि सुचनालाई आधर मानि सो अधिवेसनमा उपस्थित हुनकोलागी बेलायतमा रहनु हुने संपुर्ण नेपाली तथा अन्य समुदायहरुमा बिनम्र अनुरोध गर्नु भएको छ ।”
नेपाली संघिय समाज फोरम यूकेको तेश्रो अधिवेसन निम्न स्थान, मिति र समयमा हुने जानकारीको साथै उपस्थितिकोलागी हार्दिक अनुरोध गर्दछौं ।
Date:06 oct 2018
Time 11 Am
venue: The Samuel Cody Specialist Sport Collage Ballantyne Road Farnborough Hampshire GU148SN
संपर्क:-
सहअध्यक्ष तथा संयोजक: बालकृष्ण राई- ०७९१५१३१११४, अध्यक्ष: कमल गुरुङ्ग- ०७४६९१७३३४० महासचिव: कमल राई- ०७५३०५२३११

Loading...

Related News

प्रहरी र नागरिकको सम्बन्ध यस्तो हुनुपर्छ

– दिनेश लिम्बु अरस्तुले आफ्नो प्रसिद्व ग्रन्थ राजतन्त्रबारे ( on King Ship) मा मानिसका गुणहरूबारे विवेचना गर्दै भनेका छन्, ‘एशियालीहरूमा…

थाहा पाऔं, युरिक एसीड भएकाले के खाने ?

काठमाडौं, १ कात्तिक । यतिबेला नेपालीको घरघरमा दशैँको रौनकता छ । वर्ष दिनको महान् पर्व दशैँमा लामो समयदेखि छुटिएर बसेका…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी