चालकको आन्दोलनका कारण आज तेस्रो दिन पनि यातायात ठप्प !

54 Hits

काठमाडौं, ४ असाेज ।चालकको आन्दोलनका कारण आज तेस्रो दिन पनि पूर्वी नेपाल तथा देशभर सार्वजनिक यातायात ठप्प भएका कारण हजारौं यात्रुहरु मार्कामा परेका छन् । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण आज पनि यातायात ठप्प भएको हो ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐन संसोधनको माग राख्दै उनीहरुले यातायात नचलाउने निर्णय गरेका हुन् । सरकारले जारी गरेको सो ऐन यातायात मजदूरमैत्री नभएको भन्दै संघर्ष समितिले गत मंगलवारदेखि सार्वजनिक यातायात नचलाउने निर्णय गरेका थिए । समितिले माग पूरा नभएसम्म यातायात नचलाउने निर्णय गरेका थिए ।
सो बन्दका कारण पूर्वका झापा, मोरङ, सुनसरीलगायत पूर्वीपहाडी जिल्लाहरूमा सार्वजनिक यातायात ठप्प रहेका छन् । विराटनगरतिर भने केही बसहरु चलेको देखिएता पनि संख्या निकै पातलो रहेको छ ।

मुलुकी ऐनमा सवारी चालकलाई अपराधीसरह बनाएको, जन्म कैदको फैसला गर्ने व्यवस्थाप्रति संघ असन्तुष्ट रहेको र यातायात ठप्प पार्नुको विकल्प नभएको जनाइएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी