पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफलाई रिहा गर्न अदालतको आदेश

108 Hits

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्रीसहित तीन जनालाई जेलमुक्त गर्न अदालतले आदेश दिएको छ । पूर्वप्रधानमन्त्री नवाज सरिफ, उनकी छोरी मार्याम र ज्वाई क्याप्टेन सफ्दरलाई बुधबार इस्लामावाद उच्च अदालतले रिहा गर्न आदेश दिएको हो ।

भ्रष्टाचारसम्बन्धी मुद्दा लागेका उनीहरुलाई अदालतको अन्तिम टुङ्गो नलाग्दासम्म रिहा गर्न आदेश दिएको सरिफका वकिल खवाज हरिशले जानकारी दिए । अदालतले निर्णय सुनाउँदै गर्दा अदालत बाहिर उनका समर्थकहरुले सरीफको पक्षमा खुशीयालीसहित चर्को नाराबाजी गरेका थिए ।
उनलाई गत जुलाईमा स्वदेश फर्किनेबित्तिकै पक्राउ गरिएको थियो । निर्वाचनको पूर्वसन्ध्यामा उनी बेलायतबाट स्वदेश फर्किभएका थिए । सरीफले जेलसजाय काट्न शुरू गरेको दुई महिनापछि अदालतले रिहा गर्न लगाएको हो ।
भ्रष्टाचार विरुद्धको एउटा अदालतले पानामा पेपर प्रकरणमा दोषी ठहर गरी नवाजलाई १० वर्ष र मार्यमलाई सात वर्षको जेल सजाय सुनाएको थियो । त्यसैगरी मुद्दामा नसघाएको भन्दै सरिफका ज्वाइँ सफ्दरलाई एक वर्ष जेल सजाय सुनाइएको थियो ।
उनीहरुलाई यसअघि सुनाइएको फैसलालाई निलम्बन गरिएको छ । पुनरावलोकनलाई लागि उनीहरूले दिएको निवेदनमाथि सुनुवाइका क्रममा अदालतले पछिल्लो आदेश दिएको हो । उनीहरुले आफूहरुलाई लगाइएको आरोप गलत भएको र राजनीतिक प्रतिशोधका आधारमा फसाइएको बताउँदै आएका छन् ।
सरिफकी क्यान्सरपीडित श्रीमती कुलसुम नवाजको उपचारका क्रममा लण्डनमा निधन भएको एक हप्तापछि अदालतको आदेश आएको छ । कुलसुमको अन्तिम संस्कारमा सहभागी हुन नवाज र मार्यम दुवैलाई अनुमति दिइएको थियो र सहभागी भएपछि फेरि जेलमै राखिएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी