मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने र बिरामी हुने नेपालीको नाम खुल्यो

112 Hits

मलेसिया – मलेसियामा विषाक्त रक्सी सेवनका कारण ज्यान गुमाउने र बिरामी हुने सबै नेपालीको नाम खुलेको छ । मलेसियामा रहेको नेपाली दूतावासका अनुसार ६ जना नेपालीको ज्यान गएको छ भने १६ जना बिरामी भएका छन् ।

ज्यान जानेमा धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइते घले रहेका छन् ।

यसैगरी बिरामी हुनेमा संखुवासभाका लुंगनाथ मगर, सिन्धुलीका जितबहादुर माझी, बर्दियाका प्रविन थारु, सुनसरीका दुर्गाबहादुर राई, रोल्पाका भागीमान डाँगी, बाराका राधेश्याम बैठा, रुपन्देहीका रामचन्द्र लोध, गोरखाका लोकबहादुर बराम, सर्लाहीका रिखामान स्याङतान, नवलपरासीका दुर्गा सिंह राना, पाँचथरका सेतेवीर तुम्बाप्पो, मोरङका जम्वीरलाल झाँगड, ठेगाना नखुलेका सरु मगर, सुकुवल घिसिङ, राजेश कुमार र विमल कार्की छन् । उनीहरुको मलेसियाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी