कांग्रेसमा अझै हुन सकेन गच्छदार समूहको व्यवस्थापन

55 Hits

काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनताका नेपाली कांग्रेसमा एकता भएको विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताको व्यवस्थापन अझै हुन सकेको छैन ।

एक बर्ष अघि (गत असोज ३० गते) एक दशकपछि कांग्रेसमै फर्किएका गच्छदार समूहको नेता कार्यकर्ताको व्यवस्थापन हुन नसक्दा निराशा पैदा भएको बताइन्छ । आजको कारोबारमा समाचार छापिएको छ ।

लामो समयसम्म फोरमबाट आएका नेता कार्यकर्ता अझै भूमिकाविहिन छन् । केन्द्रदेखि स्थानीय तहका समितिमा गच्छदार पक्षका नेता कार्यकर्ताले भूमिका पाउन सकेका छैनन् ।

एकीकरण घोषणासभामा जारी गरिएको विज्ञप्तीमा सम्मानजनक रुपमा केन्द्रदेखि तल्लो तहसम्म नेता कार्यकर्तालाई निर्वाचनलगत्तै स्थान दिने सहमति भएको थियो ।

कांग्रेसले गच्छदारलाई दलको उपनेता मनोनयन र आमन्त्रित केन्द्रिय सदस्यका रुपमा केन्द्रीय समितिमा प्रवेश दिएको छ । यसबाहेक अन्य कुनै नेताले जिम्मेवारी पाएका छैनन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी