नेपालमा तेह्र हजार गिद्ध

52 Hits

नवलपरासी ।-नेपालमा विभिन्न नौ प्रजातिका करीब १३ हजारभन्दा बढी गिद्ध रहेको अनुमान गरिएको छ । पूर्वी नवलपरासीको कावासोतीस्थित जटायु रेष्टुरेन्टकाअनुसार हिमाली र चिसो स्थानमा रहने हाडफोर प्रजातिका गिद्ध निकै कम सङ्ख्यामा छन् भने अन्य प्रजातिका गिद्ध हिमाली बोहक सबैजसो स्थानमा पाइने गरेको छ । नेपालमा डङ्र, सानो खैरो, खैरो, राज, हिमाली, सुन, सेतो, हाडफोर र लामोठुडे गरी नौ प्रजातिका गिद्ध पाइएको छ ।

हाडफोर प्रजातिको गिद्ध बढी चिसो हुने हिमाली भेगमा मात्र पाइने जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले जानकारी दिनुभयो । नेपालमा सबैभन्दा बढी हिमाली प्रजातिको गिद्ध करीब १० हजारको हाराहारीमा रहेको तथ्याङ्क छ भने खैरो, राज र लामोठुडे प्रजातिका गिद्ध भारत, पाकिस्तान, चीन, बर्मा, थाइल्याण्डलगायतका देशबाट जाडो छल्न नेपाल आउने गर्दछन् ।

पूर्वी नवलपरासीको कावासोतीस्थित उक्त रेष्टुरेन्टमा राखिएका १२ वटा गिद्धलाई प्रकृतिमा छाडिएको छ । प्रजनन केन्द्रमा हुर्किएका ती गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको हो ।

विश्वमैै पहिलो पटक नेपालमा गिद्ध संरक्षणको थालनी भएको र सङ्कटापन्न अवस्थामा रहेका तीनकोे संरक्षणमा यस्ता प्रयास फलदायी हुने जनाइएको छ ।
प्रकृतिमा छाडिएका गिद्धको पखेटामा नम्बरसहितको ट्याग लगाइएको छ भने सेटलाइटबाट अनुगमन गर्न सकिने गरी गिद्धको ढाँडमा रेडियोकलर जडान गरिएको संयोजक चौधरीले जानकारी दिनुभयो ।

उहाँकानुसार रेडियोकलर जडान गरिएकाले अब प्राकृतिक बासस्थानमा छाडिएका ती गिद्ध रहने स्थान र तिनको अवस्थाबारे अनुगमन गर्न सकिने छ ।

विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव ९ प्रतिशत गिद्ध मासिएपछि यी दुबै देशका साथै अन्य मुलुकले पनि गिद्ध संरक्षणमा जोड दिन थालेका छन् ।

रेष्टुरेन्टमा प्रकृतिमा भएका र छोड्नु पूर्व खोरमा राखिएका गिद्धलाई सँगै खाना खुवाइँदै आइएको थियो । जाली भित्र र बाहिर एकै ठाउँमा खाना र पानीको व्यवस्था जटायु रेष्टुरेन्टमा गरिएको थियो । सँगै खाँदै आएकाले जालीभित्रका गिद्ध पनि बाहिरका गिद्धसँग घुलमिल भएको अनुमान गरिएको छ ।

अति सङ्कटापन्न अवस्थामा रहेको डङ्ङगुर जातको गिद्धको सङ्ख्या बढाउनका लागि दातृ निकायको सहयोगमा सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी