उत्तर र दक्षिण कोरियाका राष्ट्रप्रमुखले एयरपोर्टमै गरे अंकमाल !

124 Hits

एएफपी/०२ असोज ।
उत्तर कोरियाका नेता किम जोन उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनलाई मंगलबार प्योङयाङमा स्वागत गरेका छन् । उत्तर कोरिया र दक्षिण कोरियाबीच यस वर्षको तेस्रो भेटघाटका क्रममा मुन तीन दिने भेटघाटको लागि उत्तर कोरियाको प्योङयाङ पुगेका हुन् । कोरिया प्रायद्विपमा शान्ति स्थापना गर्ने उद्देश्यका साथ उनीहरुको भेटघाट भएको छ ।

मुन आएको हवाइजहाज नजिकै सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटै देशका प्रमुखले मुस्कुराउँदै अंगालो हालेका थिए । मुनको स्वागतार्थ पन्ध्र मिनेटसम्म सैनिक धुन बजाइएको थियो । त्यसपछि मुन, किम र उनीहरुकी श्रीमतीले विभिन्न अधिकारीहरुसँग हात मिलाएका थिए ।

उत्तर कोरियाका सञ्चारमाध्यमका अनुसार किम सन् २०११ मा सत्तामा आएपछि विदेशी पाहुनालाई एयरपोर्टमै स्वागत गर्न आएको यो पहिलो घटना हो ।

दक्षिण कोरियाका राष्ट्रपति मुनको स्वागतमा उत्तर कोरियाका नागरिकहरुले एयरपोर्टमा फूल र झण्डा हावामा उडाएका थिए । एयरपोर्टबाट आउने क्रममा उनीहरु खुल्ला कारमा रोडको छेउछाउमा स्वागत गर्न उभिएकाहरुलाई हात हल्लाएका थिए । जसले कोरियन प्रायद्विपको एकताको संकेत गरेको छ ।

यो तीन दिने भेटघाटमा दुईवटै देशका राष्ट्रप्रमुखले आर्थिक सहकार्य, उत्तर कोरियाली आणविक हतियार व्यवस्थापन र कोरियन युद्धको औपचारिक अन्त्यको निर्णयबारे बहस गर्ने भएका छन् ।

एक वर्षभित्र उत्तर कोरिया र दक्षिण कोरियाबीचको सम्बन्ध निकै राम्रो भएको अधिकारीहरुले टिप्पणी गरेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी