जङ्गली हात्ती नियन्त्रण गर्न आग्रह

34 Hits

कञ्चनपुर, ०२ असोज ।कञ्चनपुरमा जङ्गली हात्तीले विध्वंश मच्चाउन थालेपछि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा प्रदेशसभा सदस्यले जोड दिएका छन् । भारतीय दुधुवा नेशनल पार्कबाट दुई साताअघि आएको हात्तीको ठूलो झुण्डले किसानले लगाएका धान, मकै र उखु बालीमा व्यापक नोक्सानी पु¥याएको थियो ।

केही दिनअघि हात्तीले शुक्लाफाँटा नगरपालिका वडा नं ३, ४, ५ र १२ तथा बेदकोट नगरपालिका वडा नं ८ र १० मा पु¥याएको नोक्सानीको स्थलगत अवलोकन गरी फर्किनुभएका प्रदेशसभा सदस्य लालबहादुर खड्काले आज प्रदेशसभा बैठकमा किसानले लगाएको बालीनाली जोगाउन र जीउधनको सुरक्षार्थ तत्काल हात्ती नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गर्नुभयो । ‘‘स्थानीय किसानको बाली पाक्दा र भित्र्याउँदासम्मका लागि अल्पकालीन र त्यसपछि हात्ती नियन्त्रणका लागि दीर्घकालीन योजना ल्याउनु पर्दछ” उहाँले भन्नुभयो ।

भारतको दुधुवा नेशनल पार्कबाट ५५ वटा हात्तीको झुण्ड यहाँ प्रवेश गरेको थियो । हालसम्म बेदकोट र शुक्लाफाँटामा गरी हात्तीको झुण्डले रु १० लाखभन्दा बढीको बालीनालीमा क्षति पु¥याएको छ ।

यसैबीच सांसद खड्काले शुक्लाफाँटा नगरपालिका–१ को खजुवामा स्याली नदी र वडा नं १२ मा दोदा नदीले गर्दै आएको भूक्षयका कारण बस्ती विस्थापनको सङ्घारमा पुगेकाले नदी नियन्त्रणका लागि कार्य अगाडि बढाइनुपर्ने संसद्समक्ष माग गर्नुभएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी