संविधान बनेकाे ३ वर्षपछि कार्यान्वयन अनुगमन समिति गठन, काे काे परे ?

207 Hits

काठमाडौँ,  २ असोज  ।

संविधान जारी भएको तीन वर्षपछि संवैधानिक व्यवस्था अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन समिति गठन भएको छ ।

संविधान कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहेका सङ्घीय संसद्का दुवै सदनका सदस्य सम्मिलित समिति गठन भएको हो । संविधानको धारा ५४ को व्यवस्था अनुसार समिति गठन भएको गाेरखापत्रमा समाचार छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकले समिति सदस्य मनोनयन गरेको छ । अब राष्ट्रियसभाले तीन सदस्य मनोनयन गर्नेछ । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति सञ्चालन नियमावलीको नियम २७(२) अनुसार प्रतिनिधिसभाका १२ र राष्ट्रियसभाका तीन जना सदस्य समितिमा रहनु हुनेछ ।

प्रतिनिधिसभाका तर्फबाट समितिमा अनिलकुमार झा, खेमप्रसाद लोहनी, गणेशसिंह ठगुन्ना, दुर्गा पौडेल, देवप्रसाद तिमिल्सिना, निरादेवी जैरु, पम्फा भुसाल, प्रभु साह, भीमबहादुर रावल, डा. मीनेन्द्र रिजाल, र लक्ष्मी परियार सदस्य रहनुभएको छ । समितिबाट अब राष्ट्रियसभाबाट तीन सदस्य थप हुनेछन् ।

संविधानको भाग चारमा उल्लेखित राज्यको मार्गदर्शक सिद्धान्त, निर्देशक सिद्धान्त, राज्यका नीति, शासनसम्बन्धी नीति, सामाजिक तथा सांस्कृतिक रुपान्तरणसम्बन्धी नीति, अर्थ उद्योग तथा वाणिज्यसम्बन्धी नीति, कृषि, भूमिसुधार तथा विकास नीति रहेका छन् ।

यस्तै, प्राकृतिक स्रोत साधन उपयोगको नीति, नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीति, श्रम तथा रोजगार र सामाजिक न्यायसम्बन्धी नीति रहेका छन् । यस्ता नीतिबारे सरकारले गरेका काम कारबाही वार्षिक रूपमा राष्ट्रपति समक्ष पेस हुनेछ ।

सो प्रतिवेदन संसद्मा पेस हुनेछ । यसरी पेस भएको प्रतिवेदन र नीति कार्यान्वयनका लागि राज्यले गरेका काम कारबाही गठित समितिले गर्नेछ ।

Loading...

Related News

निजि स्कुलको नाम नेपालीमा लेख्न कामनपाकाे निर्देशन, नगरे कार्वाही !

काठमाडौं , २० फागुन – काठमाडौं महानगरपालिका भित्रका सबै सार्वजनिक तथा निजी विद्यालयले अनिवार्य रूपमा नेपाली भाषामा आफ्नो नाम लेख्नुपर्ने…

जमिन फिर्ताको माग गर्दै ग्रेटर नेपालले बुझायो वेलायती रक्षा राज्यमन्त्रीलाई ३ बुँदे ज्ञापन पत्र (पूर्ण पाठ)

काठमाडौं , फागुन – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाल भ्रमणमा अाएका बेलायती रक्षा राज्य मन्त्रीलाई ३ बुँदे ज्ञापनपत्र बुझाएको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी