अमेरिकामा आप्रवासीको संख्या १०० वर्ष यताकै उच्च, सबैभन्दा धेरै एसियाली

62 Hits

एजेन्सी। अमेरिकाको जनसंख्यामा विदेशबाट आएकोको संख्या १०० वर्ष यताकै उच्च बनेको छ । अमेरिकामा नजन्मिएकाको संख्या सन् १९१० यताकै उच्च देखिएको अमेरिकी सरकारको आधिकारिक तथ्यांकले देखाएको छ ।

शिक्षा तथा रोजगारीका नाममा अमेरिका पुग्ने र उतै बस्नेको संख्या बढ्दै जाँदा अमेरिका भन्दा बाहिर जन्मिएकाको संख्या पछिल्लो १०८ वर्षयताकै उच्च पुगेको हो ।

आप्रवासी अमेरिकीमा सबैभन्दा बढी एसियाली देशका छन्, जो शिक्षा हाँसिल गर्न भन्दा पछिल्ला दशकमा अमेरिका पुगेका थिए ।

तथ्यांक विभागको सन् २०१७ को आधिकारिक तथ्यांक अनुसार अमेरिकामा आउनेमा पछिल्ला दशकमा एसियाली देशका नागरिक बढी रहेको देखिएको छ ।

धेरै वर्षसम्म ल्याटिन अमेरिकी देशका बासिन्दाको प्रमुख गन्तव्य अमेरिका बन्यो । तर अहिले आएर एसियाली देशको मुख्य गन्तव्यका रुपमा अमेरिका रहेको देखिएको हो ।

सन् २०१० यता अमेरिका प्रवेश गर्नेमा ४१ प्रतिशत भन्दा बढी एसियाली रहेको सरकारी तथ्यांकले देखाएको छ । ल्याटिन अमेरिकी देशबाट अमेरिका पुग्नेको संख्या ३९ प्रतिशत रहेको छ ।

 

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी