सबै प्रदेशमा ट्राफिक कार्यालय

64 Hits

काठमाडौँ – नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ । प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को चितवन र प्रदेश नं ४ को तनहुँमा भने नयाँ कार्यालय स्थापना गरेको हो ।

संविधानअनुसार निर्माण भएको सङ्घीयतालाई कार्यान्वयन गर्नका लागि नेपाल प्रहरीले सबै प्रदेशमा ट्राफिक कार्यालय स्थापना गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयबाट जारी गर्नुभएको ८२ बुँदे गृह प्रशासन सुधार योजनामा समावेश ८२ बुँदे प्राथमिकता र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुद तथा विश्वसनीय बनाउनका लागि जारी गर्नुभएको १० बुँदे प्राथमिकताको आधारमा सबै प्रदेशमा ट्राफिक कार्यालय पुर्‍याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अब हरेक प्रदेशमा प्रहरी उपरीक्षक ९एसपी० को नेतृत्वमा ट्राफिक कार्यालय सञ्चालन हुनेछन् ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी