एनअारएनए बेल्जियमकाे १२ अाैं साधारणसभा सम्पन्न

208 Hits

बेल्जियम, १ असाेज ।

गैर आवासीय नेपाली संघ बेल्जियम को १२औ साधारण सभा भव्यरूपमा सम्पन्न भएकाे छ । संघकाे साधारणसभा बेल्जियमकाे अान्ताेरपिन शहरकाे लगविगमा सेप्टेम्बर १६ मा सम्पन्न भएकाे हाे ।

संघका अध्यक्ष लाेक प्रसाद दाहालकाे सभापतित्वमा सम्पन्न  साधारणसभामा  सदस्य, सँयोजक, मानार्थ सदस्य/अनरी देखि बेल्जियमस्थित सम्पूर्ण नेपाली संघसँस्थाहरु, एनआरएन बेल्जियममा आवद्ध पँजीकृत सदस्य,बेल्जियमस्थित सम्पूर्ण नेपाली संघसँस्थाहरु तथा बेल्जियमस्थित नेपालीहरूकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा वार्षिक प्रतिवेदन र अार्थिक प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे जसलाई सदस्यहरूले छलफलपश्चात पारित गरेका थिए ।

कार्यक्रममा  बेल्जियम स्थित सम्पुर्ण सघसस्थाहरूलाई मन्तब्य राख्न पहीलो पटक गैर आवाशीय नेपाली सघ बेल्जियमले स्थान दिएकोमा सहभागिहरूले खुशी व्यक्त गर्दै संघकाे कार्यसमितिलाई धन्यवाद दिएका थिए ।

उनीहरूले पर्दा मात्र सहयोग होईन सघसस्थाको बिचार पनी सुन्न सक्नु पर्छ भन्ने भावनाले यो समितिको ऊचाई बढेको महशुस गरेकाे प्रतिक्रिया दिएका छन् ।

कार्यक्रमलाई महासचिब आङ्ग माया लामा र प्रबक्ता दिपेन्द्र केसीले संचालन गरेका थिए ।
केन्द्रीय उपाध्यक्ष कुमार पन्त प्रमुख अतिथी र बिशेष अतिथी राष्ट्रीय प्रजातन्त्र पार्टीका पूर्ब सह-महामन्त्री एबम केन्द्रीय सदस्य तथा आदिवासी जनजाति विभाग प्रमुख  लालध्वज लामा, नेपाली दुताबास ब्रसेल्सका सुधिर भट्टराई, एनआरएन केन्द्रीय सचिब जानकी गुरुङ ,महिला सयोजक रजनी प्रधानलागायत अतिथी थिए ।

कार्यक्रम भव्य रूपमा सम्पन्न पार्न सहयाेग गर्नुहुने सम्पूर्ण बेल्जियम बासी जन समुदायप्रती  अध्यक्ष दाहालले  आभार ब्यक्त गरेेका छन् ।

Loading...

Related News

एनअारएन बेल्जियमले शुरू गर्याे नयाँ सदस्यता वितरण

बेल्जियम, ८ जेठ – नेपालबाट विभिन्न पेशा व्यवसाय र उद्वेश्यले बेल्जियम रहेका गैर आबासीय नेपालीहरूलाई गैर अावासिय नेपाली संघ बेल्जियमले…

लमजुङका शिक्षक मनाेज अमेरिकाकाे मेरिल्याण्डमा उम्मेदवार

काठमाडौं , २९ बैसाख – अमेरिकाको मेरिल्याण्डमा गैर अावासिय नेपाली संघकाे निर्वाचनमा लमजुङका पुर्व शिक्षक मनाेज रेग्मी उम्मेदवार बनेका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी