नुवाकाेटका पहिराे पीडितलाई राहत सामग्री प्रदान

82 Hits

नुवाकोट, ३१ भदौ ।

पहिरोका कारण विस्थापित दुप्चेश्वर गाउँपालिका वडा नम्बर १, घ्याङफेदी स्थित चेताङ गाउँका विस्थापितहरुलाई राहत सामग्री वितरण गरिएकाे छ ।

अाइतबार संघीय सांसद माननीय हितबहादुर तामाङ र प्रदेश ३ का माननीय उपसभामुख राधिका तामाङको तर्फबाट राहात सामाग्री वितरण गरिएको छ ।

पहिरोबाट पूर्ण क्षेती भएको ११ घरपरिवारका लागि खाना पकाउने, खाने भाँडा सेट र सिरक, डसना, तकियासहित ओड्ने ओछ्याउने सेट साँसद हितबहादुर तामाङ स्वयमले विस्थापितहरु रहेको स्थान घ्यावर चौरमा पुगी पीडित परिवारलाई हस्तान्तरण गरेेेका हुन् ।

खाद्य सामग्रीहरु स्थानीय सरकार, प्रहरी र स्थानीय पार्टीका प्रतिनिधीहरुको रोहवरमा वितरण गर्ने गरी एकमुष्ठ रुपमा हस्तान्तरण गरिएको सांसद तामाङले बताए  ।
उनका अनुसार चामल २००० केजी , दाल १५० केजी, तेल ७६ लिटर, नुन १०० केजी, चिउरा ८० केजी, दालमोड, कपडा र भाँडाकुडा ११ सेट

वितरण गरिएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी