महिला र पुरुषको शव फेला

32 Hits

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका २ भाँसी नजिकको नहरमा शनिबार बिहान ५५ वर्षीया महिलाको शव फेला परेको छ। नहरमा अर्ध डुबेको अवस्थमा भीमदत्तनगर बजारको सब्जीमण्डीमा तरकारी बेच्ने कार्यमा संलग्न आइती सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए। ‘सार्कीको डुबेर वा अन्य कारणले मृत्यु भएको भन्ने बारे अनुसन्धानको कार्य सुरु गरेका छौँ’ उनले भने। सार्कीको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ। दैलेखको भूर्ति नगरपालीका घर भएका सार्की भीमदत्त नगरपालिका बजारको सब्जीमण्डीमा तरकारी बेच्ने कार्य गर्दै आएकी थिइन्। त्यस्तै भीमदत्त नगरपालिका १ भाँसीमा शनिबार साँझ ५५ वर्षीय भीमलाल शर्मा मृत अवस्थमा फेला परेका छन्। शर्मा घर नजिकै मृत अबस्थमा फेला परेका हुन्। शर्मा सधैं मदिरा पिउन भएकाले सोही कारणले उनका मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ओझाले बताए। मृतकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ। मृतक शर्माका तीन छोरी र एक छोरा रहेका छन्।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी