ब्याकुल माईला संरक्षक साथै नबिन ढुंगेल सल्लाहकार संयोजक रहेको ओखलढुंगा कला–साहित्य समाज गठन

224 Hits

लिला श्रेष्ठ।  काठमाडौं, ३१ भदौ।
ओखलढुंगा जिल्लाका सम्पूर्ण कलाकार–साहित्यकारहरुको छाता संस्थाको रुपमा बिकास गर्न खोजिएको ओखलढुंगा कला–साहित्य समाजको आधिकारिक सस्था दर्ता प्रक्रिया संगै प्रथम साधारणसभा साथै अधिबेशेन सम्पन्न भएको छ । भदौ ३० गते सम्पन्न अधिबेशेनले नयाँ नेतृत्व समेत चयन गरेको छ। कार्यक्रममा बरिष्ठ लोक गायक नबिन ढुंगेल प्रमुख अतिथि रहेका थिए ।

रास्ट्रीय गानका सर्जक ब्याकुल माईलाको ओखलढुंगाका कलाकार,साहित्यकारलाई एकै स्थानामा गोलबद्द गर्ने बिशेष रुचि, बरिष्ठ लोक गायक नबिन ढुंगेलको महत्वपुर्ण पहल,गायक, संगीतकार साथै समाजसेवी गम्बु शेर्पाको अगुवाई , महा प्रसाद खनाल,माधब दाहाल,शक्त्ती कुमार श्रेष्ठ,बल बहादुर परियार,चेतनाथ धमला लगाएतको साथमा केही समयअघि दर्ता प्रक्रिया सम्पन्न भएको संस्थाको राजधानीमा प्रथम साधारणसभा सहित अधिबेसन सम्पन्न भएको हो ।

कला र कलाकारको सम्मान सहित, ओखलढुंगा जिल्लाका साथै ओखलढुंगाबाट विभिन्न पेशा, व्यवसाय, रोजगारीका लागि देश–विदेशमा छरिएर रहेका ओखलढुंगाका सम्पूर्ण कलाकार–साहित्यकारलाई एकजुट बनाउने एक आधिकारिक संस्थाको परिकल्पना गरि संस्थागत रुपमा अगाडि बढ्न खोजिएको संस्थापक अधक्ष्य गम्बु शेर्पाले बताएका छन् ।

सस्थाको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। कला,कलाकार, साहित्य,साहित्यकारसंग सम्बन्धित कामहरुको सुरुआत गर्ने साथै विभिन्न बिशेष कार्यक्रमको आयोजना गरि सस्था अगाडि बढ्ने बताइएको छ । रास्ट्रीय गानका रचयिता ब्याकुल माइला संरक्षक रहेको ओखलढुंगा कला–साहित्य समाजमा, वरिष्ठ गायक नविन ढुंगेल संयोजक रहने गरि कार्यकारिणी सल्लाहाकार सभा गठन गठन भएको छ ।


गायक–संगीतकार शक्त्तिकुमार श्रेष्ठ, गायक–संगीतकार महाप्रसाद खनाल, लोकगायक माधव दाहाल,पत्रकार बिनोद दाहाल, गायक बल बहादुर परियार , साहित्य कर्मी चेतनाथ धमला लगाएत सस्थाका सस्थापक कार्यकारिणी सल्लाहाकारहरु रहनेछन। कलासाधकहरु एवं विशिष्ट व्यक्तिहरुको सल्लाहवमोजिम संस्थाको उदय भएको र संरक्षक,कार्यकारिणी सल्लाहाकारहरुको सल्लाह बमोजिम सस्था अगाडि बढ्ने अधक्ष्य गम्बु शेर्पाले बताएका छन् ।

सस्थापक अधक्ष्य समेत रहेका गम्बु शेर्पाको नेतृत्वमा १९ सदस्यीय कार्य सम्पादन समिति गठन भएको छ। ओखलढुंगा जिल्ला साथै ओखलढुंगाबाट विभिन्न पेशा, व्यवसाय, रोजगारीका लागि देश–विदेशमा छरिएर रहेका ओखलढुंगाका आधिकारिक सदस्यता लिने सम्पूर्ण कलाकार–साहित्यकारहरु केन्द्रिय सदस्य रहने गरि सस्थाको शरीर बनाईएको छ।

कार्य सम्पादन समितिमा बरिस्ठ उपाधक्ष्य- राज राई,उपाधक्ष्य-ल्हेम्हु शेर्पा,महासचिब-लिला श्रेष्ठ, सचिब- सुजन राई (रोकेमी),कोषाधक्ष्य-जिबन बोम्जन ,सह,कोषाधक्ष्य-मिना नेपाल दाहाल, सदस्यहरु- सुमन कार्की,भिम सुनुवार,गोपाल सेन्चुरी,कृष्ण कट्टेल, गान्धर्वराज पौडेल, अर्जुन श्रेष्ठ, जितेन्द्र बानिया, मोहन घिमिरे,प्रकाश शाक्य,नारायण राई,रामनाथ घिमिरे,प्रलाप राई,रहेका छन्।

Loading...

Related News

1 Comment for “ब्याकुल माईला संरक्षक साथै नबिन ढुंगेल सल्लाहकार संयोजक रहेको ओखलढुंगा कला–साहित्य समाज गठन”

  1. गम्बु

    इस nice clobreation ठंक्स for covering

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी