निर्मला पन्त हत्याकाण्डमा गृहमन्त्री थापाले लिए अर्को एक्सन : सिआइबीका ४ प्रहरी अधिकृत निलम्बनमा

243 Hits

काठमाडौं, ३० भदौ ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानमा गृहमन्त्री रामबहादुर थापा बादलले अर्को एक्सन गरेका छन् ।
निर्मला हत्याकाण्डमा प्रहरीप्रतिको विश्वास गुम्दै गएको बेला गृहमन्त्री थापाले जिम्मेवारीपूर्वक अनुसन्धानमा नगरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी अंगुर जिसीसहित चार प्रहरी अधिकृतहरुलाई निलम्बन गरेका हुन् ।

डीएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, प्रहरी उपरीक्षक जगदिश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

घटनाको छानविन गरिरहेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय समितिले शनिबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रारम्भीक प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा बालिकाको हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्जक गर्न नसकेका सुरक्षाकर्मीलाई नै अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको थियो । यो घटनामा कञ्चनपुरका एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् ।
हेर्नुहोस गृहको निलम्बन सम्वन्धी विज्ञप्ती

प्रतिवेदनले केही औल्याएका संदिग्ध व्यक्तिहरुलाई छानविनको दायरामा ल्याई अनुसन्धान अगाडि निर्देशन दिएको छ ।

घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान भइरहेको भन्दै विज्ञप्तिमा भनिएको छ, यस आपराधिक घटनामा जो कोही संलग्न भएपनि कानुनी दायरामा ल्याई कारबाही गर्न मन्त्रालय प्रतिवद्ध छ ।’

Loading...

Related News

निर्मला हत्याकाण्डको प्रतिवेदन : अनुसन्धान टोलीको गम्भीर लापरवाही (पूर्ण पाठसहित)

काठमाडौं, २१ असोज । गृह मन्त्रालयले कन्चनपुरकी १३ वर्षीया बालीका निर्मला पन्तको बलात्कार र हत्याकाण्ड छानवीन आयोगको प्रतिवेदन सार्वजनीक गरेको…

निर्मला हत्याकाण्ड : आरोपीत तीनै जनाको डिएनए मिलेन, के होला अब ?

काठमाडौं, १४ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा दोषीको रुपमा चित्रीत गरिएका एसपीसहित तीनै जनाको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी