लमजुङबाट सिकाैं : २४ घण्टा भित्र उद्धार, ९६ घण्टा भित्रै राहत

2020 Hits

लमजुङ, ३० भदौ –

लमजुङ जिल्लामा गत भाद्र २७ गते आएको बाढी, पहिरोबाट प्रभावित परिवारलाइ विपद गएको ४ दिन भित्रै राहत वितरण गरिएको छ । उद्वार कार्य भने २४ घण्टा भित्र नै सम्पन्न भएकाे थियाे ।

बाढी पहिरोमा परी मृत्यु भएका ४ जनाका परिवार र विपदको कारण घर क्षति भएका १२ परिवारलाई प्रकोप पिडित उद्धार र राहात सम्बन्धी मापदण्ड (छैठौं संशोधन), २०७४ अनुरूप राहत वितरण गर्ने कार्य सम्पन्न भएको प्रमूख जिल्ला अधिकारी झंक ढकालले बताएका छन् ।

खराब मौसम, सयौं स्थानमा सडक अवरूद्ध भएको अवस्थामा समेत राहत वितरण कार्यलाई उच्च प्राथमिकता दिई राहत रकम पिडितको घर आंगनमा समयमा नै पुर्याइएको छ ।

राहत वितरण संगै अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालय, दमौलीबाट शुरूवातदेखि नै प्रयास तीब्र पारिएकोमा खरखरे, खुदी र भुलभुलेतर्फका पहिरो हटाइसकिएको छ जसबाट बेशीशहरदेखि ङादीसम्म सडक सुचारु भएको छ । बेशीशहर चामे सडक खण्डको रामबजारबाट उत्तर तर्फको अवरुद्ध सडक समेत खुलाइ सकिएको छ ।

प्रजिअ ढकालका अनुसार ङादी देखि अर्खले तर्फको सडक खुलाउने प्रयास भइरहेको छ भने उत्तरी क्षेत्रमा वि पी सीद्धारा प्रवर्द्धित विद्दुत आयोजनाको मेशिन उपकरण प्रयोग गरि रामबजारबाट घोप्टेभिर काभ्रेभिर हुँदै अर्खले तर्फको अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

अर्खलेबेशी नजिकको खोलामा ठुलो ढुंगाले सडक अवरुद्ध गरी निर्माणका लागि माथितर्फ लैजानुपर्ने मेशिन लैजान सकिएको छैन। विष्फोट गराइ उक्त ढुंगा फोड्ने तयारी भैरहकेको छ ।
जिल्ला विपद व्यवस्थापन समितिबाट खटिइ गएको प्र ना उ यादव ढकालको नेतृत्व र स प्र जि अ मनोहर थापा सहितको टोलीले आज विपदबाट मर्स्याङदी गाउंपालिका वडा नं ४ मा मृत्यु भएका मर्स्याङदी गाउंपालिका वडा नं ५ का विष्णुकली गुरुङका परिवारलाइ घटना भएको स्थानमा पुगी आज नै रु १ लाख राहत वितरण गरेको छ । यसै गरी मर्स्याङदी गाउंपालिका वडा नं ४ रामबजारमा बाढी पहिरोले घर बगाएका जित बहादुर गुरुङ र विन कुमारी गुरुङलाइ जनही रु ५० हजारका दरले राहात रकम घरमै पुगी प्रदान गरिएको छ भने विपदबाट घर क्षति भएका विनु गुरुङलाइ रु २५ हजार राहत प्रदान गरिएको छ ।

मर्स्याङदी गाउंपालिका वडा नं ६ बाहुनडांडाका पहिरोका कारण घर क्षति भएका परिवारलाइ क्षतिका आधारमा राहत रकम प्रदान गरिएको छ । यस क्रममा पहिरोले घर जोखिममा परी बस्न नमिल्ने भइ अन्यत्र सार्नुपर्ने भएका गिरबहादुर परियारलाइ रु ५० हजार, घर क्षति भएका चन्द्रकान्त घिमिरेलाइ रु २५ हजार, बाबुराम परियार र सुकलाल विकलाइ जनही रु १० हजार र आंशिक रुपमा घर र अन्य संरचना क्षति भएका भक्त बहादुर विक, पूर्ण कुमारी वि क, र आइतमान विकलाइ जनही रु ५ हजारका दरले राहत रकम वितरण गरिएको छ ।

मर्स्याङदी गाउंपालिका वडा नं ६ बाहुनडांडाका पहिरोबाट प्रभावित २६ परिवार (घर र बालीनाली क्षति भएका )लाई जिल्ला प्रशासन कार्यालय, लमजुङ र मस्र्याङदी गाउंपालिका वडा नं छ का जनप्रतिनिधिसंगको समन्वयमा न्यादी जलविद्युत आयोजनाबाट प्रतिपरिवार ३० केजी का दरले ७८० केजी चामल, ४ केजीका दरले १०४ केजी दाल, १ लिटरका दरले २६ लिटर तेल, १ केजीका दरले २६ केजी नून वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी, लमजुङ शाखाबाट आज बाहुनडांडा, रामबजार, अर्खलेबेशी लगायतका स्थानका प्रभावित १८ परिवारलाइ त्रिपाल,कम्मल, भांडाकुडाको सेट सहितको गैह्रखाद्य सामग्रीको सेट (Non Food Relief Item Set – NFRI Set) राहत स्वरुप वितरण गरिएको छ ।

विपद प्रारम्भिक द्रूत लेखाजोखा(Initial Rapid Assessment – IRA) बाट प्राप्त क्षतिको विवरणको आधारमा राहत वितरण कार्य सम्पन्न गरिएको हो । बहुक्षेत्रगत प्रारम्भिक द्रूत लेखाजोखा (Multi Sector Initial Rapid Assessment- MIRA) र क्षेत्रगत रूपमा (Sector Specific )भएको क्षतिको विवरण प्रस्तुत गर्नका लागि सम्बद्ध निकायलाई जिम्मेवारी प्रदान गरिएको छ ।

विवरण प्राप्त हुनासाथ शीघ्र पुनःलाभ (Early Recovery)का कार्यक्रम सञ्चालन गरिने उनले बताए । ढकालले राहत वितरण कार्यमा अहाेरात्र खटिनुहुने संलग्न सबैमा जिल्ला विपद व्यवस्थापन समिति हार्दिक धन्यवाद दिएका छन् । उनले गरे सकिने रहेछ भन्ने अनुभुति भएकाे बताएका छन् ।

Loading...

Related News

सिर्दिवासमा बाढीले ६ घर बगायाे

गोरखा, ३० भदौ । गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ । केही दिनदेखि…

रातिदेखि पहिराेले थुनिएकाे बडिगाड खाेला बग्न थाल्याे, जाेखिम कायमै

बागलुङ , ३० भदौ ।  बडीगाड खाेला पहिराेले थुनिएर बनेकाे २ किलोमिटर लामाे तालमाथिबाट पानी बग्न थालेपछि स्थानियमा त्रास केही…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी