रातिदेखि पहिराेले थुनिएकाे बडिगाड खाेला बग्न थाल्याे, जाेखिम कायमै

263 Hits
बागलुङ , ३० भदौ ।
 बडीगाड खाेला पहिराेले थुनिएर बनेकाे २ किलोमिटर लामाे तालमाथिबाट पानी बग्न थालेपछि स्थानियमा त्रास केही कम भएकाे छ ।
बाग्लुङ्गको भिमगिठ्ठे नजिकै ठुलो पहिरो जाँदा  शुक्रबार रातिदेखि बडिगाड खाेला थुनिएकाे थियाे । खाेला थुनिँदा
गुल्मीका हजारौ बस्ती जोखिममा परेका छन् । ढोरपाटन नगरपालिका र बढिघाट गाउँपालिकाको सिमनामा पर्ने तुरतरे देउरालीमा पहिरो खसेको हाे ।
त्यस क्षेत्रकै सवै भन्दा ठुलो खोला ६ घण्टादेखि अबरुद्ध हुँदा दुई किलोमिटर पानीको ताल बनेको  रेडियो सारथिले बताएकाे छ ।
अहिले पानी ओभरफ्लो भएर बग्न थालेकाले भर्खरै फुट्ने सम्भावना कम रहेको छ । खोला थुनिएपछि बाग्लुङ्गका खार र खर्बाङ्ग बजार तथा गुल्मीको मुसिकोट नगरपालिकाका वामी, भुवाचिदी, आँपचौर, बडागाउँको ग्वादीकाचौर, चन्द्रकोट गाउँपालिकाको मजुवा बजार, सत्यवति गाउँपालिकाको जोहाङ्ग खैरेनी, चोरकाटे बजार र रुद्रवेणी बजारका घरहरु उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेले जानकारी दिएका छन्  ।
प्रजिअ पाैडेलका अनुसार  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले जोखिममा रहेका खोला नजिकका बस्तीहरुमा माइकिङ्ग गरिरहेको छ । उनले सवैलाई सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।
साथै जिल्ला प्रहरी प्रमुख दिपक बस्नेतले खोला किनारका मानिसलाई सुरक्षित स्थानमा सार्ने काम भैरहेको बताए । बाग्लुङ्गको बढिघाट गाउँपालिका ७ का वडाध्यक्ष कृष्ण गुरुङ्गका अनुसार मलकट्ठीबाङ्गका करिव एक दर्जन घर डुवानमा परेका छन् । उनले खोला थुनिएपछि त्यसपछि तलको भागमा पानी सुख्खा रहेको गुरुङ्गले बताए ।
पानी अाेभरफ्लाे भएतापनि ताल एक्कासी फुटेर तलकाे बस्ती डुवाउन सक्ने भन्दै तटीय क्षेत्रमा अातंक कायमै छ ।
Loading...

Related News

बाढीपीडितलाई तत्काल राहत दिने मन्त्रिपरिषदकाे निर्णय

काठमाडौं, ३० असार – सरकारले बाढी, पहिरो तथा डुवान क्षेत्रमा तत्काल अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको छ । आइतबार…

१८ जिल्लाका २० सडक अवरुद्ध, हाेसियार !

काठमाडौँ,२९ असार । बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले देशका १८ जिल्लाका २० स्थानमा सडक यातायात अवरुद्ध भएको छ ।…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का