गृहमन्त्रीले सदनमा भने -निर्मलाका हत्यामा दाेषीलाइ कारवाही गरी छाड्छु

82 Hits

काठमाडौं, २९ भदाै –

गृहमन्त्री रामबहादुर थापाले  सदनमा उठेका प्रश्नको जवाफ दिएका छन् ।

विगत छ महिनामा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरकार सापेक्षीक रूपमा सफल भएको दाबी उनकाे छ ।

  प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री थापाले तस्करी, सिण्डिकेट र अपराधकाे नियन्त्रणमा सरकारकाे प्रयास जारि रहेकाे बताए ।

उनले निर्मला पन्तको हत्यामा दाेषीलाई पत्ता लगाएर कारवाही नगर्दासम्म अाफ्नाे चित्त नबुझ्ने बताएर विपक्षीकाे चित्त बुझाउन सफल भएका थिए । कांग्रेस सांसद सञ्जय गौतमले सरकारको ६ महिना लाजमर्दो कालखण्ड भएन र भन्ने प्रश्न गरेका थिए जसकाे गृहमन्त्री बादलले त्यसको खण्डन गरे ।

शान्ति सुरक्षा र अपराध नियन्त्रणका हिसाबले ६ महिने कार्यकाल राम्रो भएको गृहमन्त्रीको दाबी छ । ‘सरकारको निश्कर्ष छ महिनाको कालखण्डमा शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण छ महिनामा सबैभन्दा राम्रो भएको छ ।’ गुण्डागर्दी निस्तेज, तस्करका सञ्जाल ध्वस्त पार्ने, भ्रष्टाचारीलाई कारबाही गर्ने काम भएको बताए ।

गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका विषयमा पनि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै भने यसमा तपाईंहरू जस्तै म पनि चिन्तित छु ।

कांग्रेस सांसद अमरेशकुमार सिंहले सोधेको प्रश्नमा गृहमन्त्रीले थापाले भने, ‘घटनास्थल, जहाँ उहाँले छानविन गर्दै हुनुहुन्थ्यो रे । त्यसक्रममा एक जना शक्तिशाली देखिने ठूलै जिउडालको मान्छे आयो रे । उसले तपाईले राम्रै गर्दै हुनुहुन्छ । तर, यस्ता छानविन धेरै भए । छानविन गर्नेहरुलाई गाडी लगाएर हत्या हुने गरेको सम्झनुहोला भनेर भनेर । सायद शक्तिशाली व्यक्ति त्यही हुनुहुन्छ । उहाँलाई पनि थाहा छैन नाम ।’

यसैबीच, गृहमन्त्री बादलले प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका रामनमोहर यादव सीके राउतका कार्यकर्ता भएको बताएका छन् । यादवको हत्या भएको भन्दै राष्ट्रिय जनता पार्टीका सांसदहरुले शुक्रबार संसद अवरुद्ध गरेका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्री बादलले यादव सीके राउत समूहका कार्यकर्ता भएको र राष्ट्रिय हित प्रतिकुल गतिविधि गरेकाले पक्राउ गरेर राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको जानकारी दिए ।

यादवको मृत्यु प्रहरी यातनाका कारण नभई रोगका कारण भएको पाइएको बताए ।

Loading...

Related News

सरकारले काे काे लाई बाेलाउँदै छ वार्तामा ?

काठमाडौं, १० भदौ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र तराईका सशस्त्र समूहहरूसँग वार्ता गर्ने तयारी गरेको…

लौ पढौं भदौ ८ का प्रमुख समाचारहरु

काठमाडौं, ८ भदौ आज २०७५ साल भदौ ८ गते शुक्रबार, तद्नुसार २४ अगष्ट २०१८ । आज कन्चनपुरमा बालिका बलात्कार काण्डको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी