प्राधिकरणकाे नाफा याे वर्ष डेढ अर्ब छ,अाउँदा दिनहरुमा बढेर जानेछ : कुलमान घिसिङ

86 Hits

काठमाडाैं, २८ भदाै – नेपाल विद्युत प्राधिकरणले ठूल्ठूला आयोजनामा लगानी गर्न सक्षम रहेको दावी गरेको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरण दशौं अर्बको जलविद्युत आयोजनामा लगानी गर्न सक्षम रहेको बताउनुभएको हो ।

उहाँले यस वर्ष मात्रै प्राधिकरणले डेढ अर्ब नाफा आर्जन गरेको उल्लेख गर्दै आउँदा दिनहरुमा नाफा बढेर जाने पनि स्पष्ट पार्नुभयो । नेपाल विद्युत प्राधिकरण पूर्व कर्मचारी समाजको तेस्रो वार्षिक साधारण सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रबन्ध निर्देशक घिसिङले प्राधिकरणले सञ्चालन गरेको आयोजनाको काममा ढिलाई हुनुको कारणको खोजी गरी अघि बढने योजना पनि अघि सार्नुभयो ।

प्रबन्ध निर्देशक घिसिङले गुणस्तरीय सेवा दिने कामलाई प्राधिकरणले उच्च प्राथमिकता दिएको पनि बताउनुभयो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी