जबरजस्ती गर्न खोज्नेलाई बालिकाले रडले हानेर मारिन

73 Hits

रामेछाप- जिल्लाको रामेछाप नगरपालिका–७ मुढाजोरमा १३ वर्षीया बालिकालाई जबरजस्ती गर्न खोज्दा बालिकाले हानेको रडले लागेर ६५ वृद्धाको मृत्यु गएको छ।  नाताले छिमेकी नातिनी पर्ने १३ वर्षीया बालिकाले आफूलाई जबरजस्ती गर्न खोजेपछि हानेको रडले लागेर ६५ पूर्णबहादुर श्रेष्ठको ज्यान गएको हो। घरबाट केही टाढा रहेको बारीमा घाँस काट्न हिँडेकी बालिकालाई श्रेष्ठले जबरजस्ती गर्न  खोजेका थिए।  हात फुत्काएर भाग्न सफल भएकी बालिकाले आफ्नो घरमा गएर फलामको रड लिएर श्रेष्ठको घरमै गई रडले प्रहार गरेको थिइन्। आफूले हानेको रडले लागेर श्रेष्ठको मृत्यु भएपछि रडसहित बालिका आफै प्रहरी चौकी रामेछाप पुगिन । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाको नेतृत्वमा घटनास्थलमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी