शरद ऋतुमा १ सय ५९ जना पर्वतारोहीले हिमाल आरोहण गर्ने

116 Hits

काठमाडौं- शरद ऋतुमा नौ वटा हिमाल आरोहणका लागि १ सय ५९ जना पर्वतारोहीले अनुमति लिएका छन् । ती पर्वतारोहीहरू २० दलबाट हिमाल आरोहणमा जाने तयारीसहित अनुमति दिएको पर्यटन विभागले जनाएको छ ।

यो मौसममा सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणमा १२ आरोहण दलबाट १ सय ८ जनाले अनुमति लिएको विभागका सूचना अधिकारी मीरा आचार्यले बताइन् ।

लाङदुङ र धौलागिरिका लागि १५÷१५ जना आरोहीले आरोहण अनुमति लिएको हो । बरुत्से, चाङवानाङ, गाउगिरि, हिमलुङ, लाङदुङ, याराचुली हिमाल आरोहणका लागि पर्वतारोहीले अनुमति लिएका छन् ।

विभागका अनुसार ८ हजार मिटरभन्दा अग्ला अन्य १३ हिमाल आरोहणका लागि भने अनुमति लिन आएका छैनन् । यसबाट १ करोड ३३ लाख ३ हजार २ सय ५६ रुपैयाँ राजस्व संकलन भएको छ ।

फोहोर व्यवस्थापनका लागि ४८ हजार अमेरिकी डलर धरौटीसमेत जम्मा भएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी