अमेरिकी सेनाको अगुवाइमा काठमाडौँमा सम्मेलन, चीनलाई बिच्काउने !

52 Hits

काठमाडौँ-
काठमाडौँमा तीन दिनसम्म चलेको विभिन्न २४ देशका सेनाका उच्च अधिकृतहरुको सम्मेलनबारेमा संसदमा प्रश्न उठेको छ। अमेरिकी सेनाको अगुवाइमा भएको यो सम्मेलनले उत्तरी छिमेकी चीनलाई बिच्काउन सक्ने भने सांसहरुले चिन्ता जनाएका हुन् ।

बुधवार बसेको संसदको शून्य समयमा बोल्दै सत्तारुढ दलकै सांसद देवप्रसाद गुरुङले अमेरिकी सेनाको अगुवाइमा नेपाली सेनासमेत संलग्न भएर यो किसिमको सम्मेलन गरिनु देशको भूराजनीतिक अवस्थालाई अफ्ठेरोमा पार्ने दाबी गरे ।

चीनसँगको सम्बन्ध सुध्रिरहेको बेलामा यस्तो तालिमले नेपालको भूराजनीतिक अवस्थालाई असर पार्दैन ?, उनले प्रश्न गरे, दुईतिर विशाल छिमेकीका बीचमा रहेको नेपालमा यस्तो गतिविधिले समस्या आउन सक्छ । यसबारेमा सरकारको ध्यानाकर्षण होस् ।’

सोमबारबाट काठमाडौँको हायात रिजेन्सी होटलमा अमेरिका र नेपालसहित २४ देशका उच्च सैनिक अधिकृतहरुको भेला सम्मेलन भइरहेको छ।

यो सम्मेलन बुधबार नै सकिँदैछ । नेपाली सेना र युएस इन्डो प्यासिफिक कमान्ड डाइरेक्टोरेट अफ इन्टेलिजेन्सको संयुक्त आयोजनामा सुरु भएको एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स सम्मेलनको उद्घाटन कामु प्रधानसेनापति पूर्ण चन्द्र थापाले गरेका छन् ।

नेपालमा पहिलो पटक भइरहेको यो सम्मेलनमा २३ वटा छिमेकी देशका ८३ जना उच्च तहका सैनिक अधिकृत र नेपाली सेनाबाट २० जनासहित एक सय तीनजना सहभागी थिए ।- अन्नपूर्ण पोष्ट

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी