लेखनाथ न्यौपानेको ‘संघर्षको इतिहास’ सार्वजनीक गर्दै प्रचण्डले भने- माक्सवाद ‘डग्मा’ होइन

कांग्रेस प्रवक्ताले पनि युवा विद्याथी र कार्यकर्तालाई पुस्तक पढ्न आव्हान गरे
198 Hits

काठमाडौं, २८ भदौ ।
सत्तारुढ दल नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माक्सवाद डग्मा नभएर गतिशील विज्ञान भएको बताएका छन् । पुर्व विद्यार्थी नेता तथा नेकपाका युवा नेता लेखनाथ न्यौपानेद्वारा लिखीत पुस्तक संघर्षको इतिहास पर्यटन बोर्डको हलमा विमोचित गर्दै प्रचण्डले आफूले त्यसैकारणले निरन्तर क्रमभंग गर्दै अगाडि वढेको स्मरण गराए ।

पुर्व नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले प्रकाशन गरेको पुस्तकमाथि टिप्पणी गर्दै प्रचण्डले माओवादी आन्दोलनको उठान र बैठानदेखि एएमालेसँगको एकता र नयाँ नेकपा बन्दासम्म धेरै टुट फुट र विभाजन तथा एकताको श्रृंखला देखिएपनि आफ्नो मूल प्रवृत्ति एकता नै भएको दावी गरे ।
हिजो अत्यन्त दुख पाउँदा खुशी र सुख अनुभुति हुने प्रवृति आज किन सुविधा र अवसरमा रमाउनेमा वदलीयो भन्ने प्रश्नले समाज विखण्डन र विचलन तर्फ जानलागेको प्रति गम्भीरतापुर्वक मनन गर्न प्रचण्डले आग्रह गरे ।

उनले आलोचना गरिरहन सजिलो हुने तर क्रान्तिकारी बन्दै आलोचना गर्न सक्नु नै वास्तविक अर्थमा माक्र्सवादी हुने भन्दै लेखनाथ न्यौपाने क्रान्तिकारी नेता र आफ्नो उत्तराधिकारी भएको धारणा व्यक्त गरे । उनले पुस्तक कम्युनिष्ट आन्दोलन र इतिहासको अध्ययनको लागि पठनीय भएकाले सबैले पढ्न अपील पनि गरेका थिए ।
त्यसैगरी कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै नेकपाका अर्का युवा नेता तथा सांसद योगेश भट्टराईले युवाहरुलार्य जिम्मेवारी दिइनुपर्ने विचार व्यक्त गर्दै पार्टी एकता ऐतिहासिक भएको तर यसलाबाट प्राप्त उपलव्धीलाई टिकाइरहन धेरै मेहनत गर्नुपर्ने धारणा राखे । उनले लेखनाथलार्य सांसद र मन्त्री बनाएको भए पुस्तक लेख्ने मान्छे नै पाउन गाह्रो हुने भएकोले गर्दा सांसद र मन्त्री नबनाएको हो की भन्दै आलोचनात्मक व्यंग पनि गरे ।

त्यसैगरी नेपाली कांग्रेसका प्रबक्ता एवं पुर्व विद्यार्थी नेता विश्वप्रकास शर्माले नेपाल इतिहासकै सुनौलौ मोडमा रहेको भन्दै नेकपालाई दुर्यतिहाईको दम्भ नदेखाउन र सबैलाई संवोधन हुनेगरी जनपक्षिय काम गर्न आग्रह गरे । उनले लेखनाथ न्यौपानेको व्यत्तिःगत जिवनको समेत चर्चा गर्दै आफू निरन्तर प्रशंसक भएको स्मरण गराउँदै पुस्तक पढ्न नेपाली कांग्रेस र कम्युनिष्ट सबैका युवा विद्याथी र कार्यकर्तालाई अपील गरे ।
पुस्तकका लेखक युवा नेता तथा अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष लेखनाथ न्यौपानेले संघर्षको इतिहास पसिना वगाएर राम्रो हुने र पसिना नवगाइकन राम्रो हुने वर्गविचको संघर्षको भाव बोकेको पुस्तक भएको बताए । उनले पसिना नवगाइकन रानम्रो बन्ने तरीका ठीक नभएको भन्दै पसिना वगाएर राम्रो हुने र त्यो आदर्शमार्फत नेतृत्वले अपील गर्दा मात्रै आन्दोलन बलियो हुने बताए ।
अखिल क्रान्किारीका अध्यक्ष रन्जीत तामांगको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेलले पनि पुस्तककले कम्युनिष्ट आन्दोलनमा धेरै महत्वपूर्ण भुमिका खेल्ने बताए ।

कार्यक्रममा अखिल क्रान्तिकारीका पुर्व अध्यक्षहरु र अनेरास्ववियुका पुर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
पुस्तकमा कम्युनिष्ट पार्टीको इतिहास देखि भर्खरै भएको माओवादी एमालेको एकता र केन्द्रीय समितिसम्मको नामावली समावेश गरिएको छ । त्यसैगरी राजनीतिक अर्थशास्त्र समेत समेटिएको पुत्कमा विशेष गरेर नेपालको कम्युनिष्ट आन्दोलनमा भएका टुट फुट, विभाजन एकता र शसस्त्र र शान्तिपूर्ण संघर्षका घटनाक्रमहरु उल्लेख गरिएको छ ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी