यस्ताे छ लमजुङमा विपदबाट भएकाे क्षति र उद्वारकाे अवस्था (हालसम्मकाे)

154 Hits

लमजुङ, २८ भदौ –

वर्षा याम सकिन लाग्दा भदाै अन्तिम साता अाएकाे भिषण वर्षा, बाढी र पहिराेबाट लमजुङको उत्तरि क्षेत्रमा धनजनकाे क्षति भयाे । तिनजनाकाे ज्यान गएकाे छ भने चारजना वेपत्ता भएका छन् ।

प्रमुख जिल्ला अधिकारी झंक ढकालले उपलव्ध गराएकाे विवरणमा उद्वारकाे काम सम्पन्न भएकाे तथा वेपत्ता भएकाहरूकाे खाेजी कार्य जारी रहेकाे तथा केही राहतका प्याकेज प्रदान गरिएकाे जनाइएकाे छ ।

प्रजिअ ढकालले रेस्क्यू अपरेशन लगभग अन्तिम चरणमा पुगेकाे बताएका छन्  । उनले उद्वार र राहत कार्यमा सलग्न सबैमा  धन्यवाद दिएका छन्  ।  त्यसैगरी नराम्ररी क्षतिग्रस्त बेशीशहर चामे सडक खण्डकाे क्षतिकाे लेखाजाेखा गरि शीघ्र मर्मत संभार गराई जनसमुदायकाे अावातजावतलाई सुचारू गराउनेेे र प्रभावित परिवारहरूलाई राहत वितरण अवकाे प्राथमिक र महत्वपूर्ण अावश्यकता रहेकाे उनकाे भनाइ छ । यस कार्यमा समेत सम्बद्व सबैकाे सक्रिय सहयाेगकाे अपेक्षा गरेका छन् ।

लमजुङमा विपदबाट भएकाे क्षति र खाेज उद्वारकाे समग्र विवरण (हालसम्मकाे)
मानवीय
१. मृत्यु: ४
२. वेपत्ता: ३
३. घाइते: १०
चाैपाया क्षति
१.बाख्रा : ४१
२. भैंसी: १

भाैतिक क्षति
१. घर क्षति: १३
२. गाेठ क्षति: २
३. मत्स्य फर्म क्षति : १
४. ट्याक्टर क्षति: १
५ . मिनि ट्रक क्षति : १
६. जीप क्षति : १
७. माेटरसाइकल क्षति : ३
८. निजी क्षेत्रबाट प्रवर्द्वित हिमालय हाइड्रोपावरकाे पावरहाउसमा क्षति पुगेकाे
खाेज उद्दारकाे विवरण
१ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, राजनितिक दलका नेता कार्यकर्ता, राष्ट्रसेवक कर्मचारी, स्थानीय जनप्रतिनिधि, चिकित्सक स्वास्थ्यकर्मी, स्थानीय जनसमुदाय, स्थानीय संघ संस्था, सञ्चारकर्मी सहित २५० भन्दा बढी जनशक्ति परिचालन ।
२. नेपाली सेनाकाे हेलिकप्टरबाट ५ जना घाइतेकाे उद्वार गरि सदरमुकाम ल्याइएकाेमा २ जना उपचारपश्चात् घर फर्केका,
३. सबै स्वास्थ्य संस्थामा अाैषधी सहित स्वास्थ्यकर्मीकाे टाेली चाैविसै घण्टा स्टाण्डवाई राखी घाइतेकाे उपचारकाे व्यवस्था गरिएकाे ।
४. सुरक्षाकर्मी , स्वास्थ्यकर्मी र स्थानीय जनसमुदाय समेतकाे सक्रिय सहभागितामा घाेप्टे गाउंमा फसेका ३० जनाकाे सकुसल उद्वार ।
५. लमजुङ उद्दाेग वाणिज्य संघकाे सहयाेगमा प्राप्त ड्राइ फुड घाेप्टेगाउंमा अलपत्र व्यक्तिहरूका लागि नेपाली सेनाकाे हेलिकप्टर परिचालन गरी वितरण । उक्त स्थानमा रामबजारका स्थानीय समुदाय समेतबाट ड्राइफुड वितरण ।
६ अवरूद्व सडक खुलाउन उपकरण सहित टाेली परिचालन गरि खरखरे देखि खुदीसम्मका ढलेका रूख र डेव्रिज हटाइएकाे । पानी परेका कारण लाेडर प्रयाेग गरि नयां ट्रयाक समेत खाेली खरखरेकाे पहिराे हटाउन प्रयास भए पनि सुचारू गराउन नसकिएकाे । खुलाउने प्रयास जारी रहेकाे ।
७. विपदमा परी क्षति भएका घरका सामग्री सुरक्षित स्थानमा सारिएकाे ।
८. विपदमा परी वेपत्ता भएकाहरूकाे शव उत्खनन् गरि नेपाली सेनाकाे हेलि मार्फत र सडकमार्गबाट समेत चिकित्सक लगि पाेष्टमार्टम गरि शव अाफन्तलाई जिम्मा लगाइएकाे ।

Loading...

Related News

फ्लोरिडा र आसपासका क्षेत्रमा माइकल आँधी आउने सम्भावना

बीबीसी- काठमाडौ, २४ असोज – अमेरिकाको फ्लोरिडा र आसपासका क्षेत्रमा बुधवार माइकल आँधी आउने भयबीच दशौँ हजार मानिसलाई सुरक्षित स्थानतर्फ…

लमजुङबाट सिकाैं : २४ घण्टा भित्र उद्धार, ९६ घण्टा भित्रै राहत

लमजुङ, ३० भदौ – लमजुङ जिल्लामा गत भाद्र २७ गते आएको बाढी, पहिरोबाट प्रभावित परिवारलाइ विपद गएको ४ दिन भित्रै…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी