मलेशियामा ९ हजार नेपाली कामदार कालोसूचिमा पर्ने खतरा

152 Hits

काठमाडौं, २८ भदौ –

कलिङ भिसा लिएर पनि उड्न नआएपछि करिब नौ हजार नेपाली कामदार कालोसूचिमा पर्ने खतरा बढेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ पछि बन्द गरेको मलेसियाको राजगारी खुल्ने निश्चित नहुँदा त्यस्तो खतरा देखिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कामदारलाई हित हने गरी गरेको उक्त निर्णय विविध कारणले टुंगोमा पुग्न ढिलो हुँदा कलिङ भिसा पाइसकेका कामदार केही दिनमै मलेसियाको कालोसूचीमा पर्ने खतरा बढेको छ।

कमदारसँग चर्को शुल्क लिएको भन्दै मन्त्रालयले मलेसिया सम्बद्ध भिएलएन, बायोमेट्रिक, ओएसी, आइएससी र माइग्राम्स खारेजी गरेपछि जेठ २ पछि कोही पनि नेपाली कामदार मलेसिया जान पाएका छैनन्।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Loading...

Related News

विदेशकाे काेमामा रहेका २८ नेपालीको उपचार नेपालमै गर्ने सरकारकाे निर्णय

काठमाडौँ, १० असार । सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको…

मलेसियासँगकाे श्रम सम्झौता कार्यन्वयनमा यस्ताे अायाे समस्या

काठमाडौं, १६ कात्तिक – नेपाल मलेसिया श्रम समझदारी तत्काली कार्यान्वयन गर्न अप्ठेरो परेको छ । मलेसियामा राेजगारीकाे लागि युवाहरूले शुल्क…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का