लमजुङमा भिषण वर्षा, वाढी र पहिरो, ३ को मृत्यु ४ बेपत्ता (विवरणसहित)

80 Hits

लमजुङ, २७ भदौ ।
लमजुङमा विगत एक सातादेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परि ३ जनाले ज्यान गुमाएका छन् भने ४ जना वेपत्ता भएका छन् ।
जिल्लाको मस्र्यांगदी गाउँपालिका वडा नं ३ पल्लोटारीमा पहिरोले घर पुरिँदा १० वर्षीय सिरास थापा र उनकी ६५ वर्षीय हजुरआमा अतिरुपा थापाको निधन भएको छ । गाउँपालिका उपाध्यक्ष होम बहादुर विकका अनुसार उनीहरुको पहिरोले पुरिएर ज्इान गएको हो । त्यसैगरी सोही गाउँपालिका वडा नं ४ को श्रीचौरमा पनि ४७ वर्षीय बिष्णु कुमारी गुरुङको ज्यान गएको छ । त्यसैगरी सोही गाउँपालिकाको अर्खले बेसिमा २ जना बेपत्ता भएका छन।

वर्षाले बेँसीसहर नगरपालिका, ११ चितिमा निर्माणधीन हिमालय पावर पार्टनरको २७ मेगावाट दोर्दी खोला जलविद्युत आयोजनमा मर्स्याङ्दीको भेलले दुई जनालाई बगाएको छ । आयोजनाको विद्युत गृहमा काम गर्ने बर्दियाका २८ वर्षका बलिराम चौधरी र २२ वर्षका लक्षमण थारु रहेको लमजुङका प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए ।

प्रमूख जिल्ल अधिकारी झंक ढकालले भारी बर्षाले बाढीपहिरो चल्दा मस्र्याङदी गाउँपालिकाका विभिन्न ठाउँमा मानिस सम्पर्कबीहिन भएको, घर बगाएको, सवारी साधन परेको, चौपाय बगाएको अपुष्ट खबरहरु आइरहेका छन् । मस्र्याङदी, खुदी, ङादीजस्ता नदीनालामा पानीको बहाव उच्च रहेकाले उच्च सतर्कता अपनाउनुहुन अनुरोध गरेका छन् /

लमजुङमा विगत एक हप्तादेखि लगातार मुसलधारे वर्ष भइरहेको र ग्रामिण सडकहरु प्राय बन्द भएका छनत् भने जनजीवन नराम्ररी प्रभावित बनेको छ ।

भिषण वर्षाका कारण मस्यांगदी नदीमा विगत १० वर्ष यताकै ठूलो पानीको बहाव देखिएको दोर्दी गाउँपालिका वडा नं २ का रामप्रसाद पौडेलले बताए । उनका अनुसार मस्र्यांग्दी नदीमा देखिएको पानीको बहावलाई आधार मान्ने हो भने लमजुंगमा १० वर्ष यताकै ठूलो पानी परेको हुन सक्छ ।
प्रमूख जिल्ल अधिकारी ढकालले वर्ष र वाढि पहिरोको जोखीम न्युनिकरण गर्न लगाता सूचना प्रवाह गरिएको बताए । जिल्लाका सेना प्रहरी र अन्इ निकायहरुलार्य समन्वयात्मक ढंगबाट परिचालन गर्ने गरी एलर्टमा राखीएको उनले जानकारी दिए ।
मस्र्यांगदी गाउँपालिकाका उपप्रमूख विकले मृतकहरुप्रति श्रद्धान्जी व्यक्त गर्दै यो जोखिम र दु:खद परिस्थितिमा सबै सतार्कता साथ सुरक्षित भइ बस्नुहुन अनुरोध गरेका छन् ।
प्रहरीले क्षतीको पूर्ण विवरण जिल्लाहभरबाट प्राप्त भइनसकेको बताएको छ ।

Loading...

Related News

लमजुङबाट सिकाैं : २४ घण्टा भित्र उद्धार, ९६ घण्टा भित्रै राहत

लमजुङ, ३० भदौ – लमजुङ जिल्लामा गत भाद्र २७ गते आएको बाढी, पहिरोबाट प्रभावित परिवारलाइ विपद गएको ४ दिन भित्रै…

सिर्दिवासमा बाढीले ६ घर बगायाे

गोरखा, ३० भदौ । गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ । केही दिनदेखि…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी