नेकपा पार्टी सचिवालय बैठक बालुवाटारमा : यस्ता छन् एजेण्डा

133 Hits

काठमाडौं, २७ भदौ ।
नेकपाको सचिवालयको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुरु भएको छ । बैठकमा सरकारको समिक्षा गर्नुका साथै पार्टी एकताको लागि गृहकार्य गरिरहेको कार्यदलहरुले बुझाएका प्रतिवेदनलाई अन्तिम रुप दिने विषयमा छलफल हुनेछ ।

विशेष गरेर पार्टी एकतालाई अन्तिम निश्कर्षमा पुर्याउनको लागि सचिवालय बैठक बोलाइएको र यस बैठकले लिएका निर्णयहरु छलफलको लािग स्थायी समिति बैठक बस्ने कार्यक्रम छ ।

सचिवालय र स्थायी समिति बैठक तय भएपछि पार्टी अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण छोट्याएका थिए ।

प्रचण्ड भारत भ्रमणबाट २४ गते फर्केका थिए । उनी २६ गते र्फकने कार्यतालिका रहेको थियो । पार्टीको बैठक परेपछि तालिका छोट्याइएको सचिवालयले जनाएको थियो।

पार्टीका दुई अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको छलफलपछि २४ र २५ गते सचिवालय र २६ र २७ गते स्थायी कमिटी बैठक बोलाइएको थियो । प्रचण्डले भारत भ्रमणबाट फर्केपछि दुई अध्यक्षबीच भएको छलफल पछि सचिवालय र स्थायी समितिको बैठक सरेको थियो ।
आजको बैठकमा प्रचण्डको भारत भ्रमणको पनि समिक्षा गरिने एक नेताले बताए ।

 

Loading...

Related News

नेकपाले तोक्यो प्रदेश पदाधिकारीहरु (नामावलीसहित)

काठमाडौं। सत्तारुढ दल नेकपाले आफ्ना प्रदेश कमिटिका मुख्य पदाधिकारीहरु टुंगो लगाएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको केन्द्रीय सचिवालयको…

जनयुद्द र शान्तिका नेता प्रचण्डकाे चिनमा विश्व शान्तिबारे पत्रकार सम्मेलन

काठमाडाैं, २ असाेज । नेपालकाे १० वर्षे सशस्त्र जनयुद्ध र शान्ति प्रकृयाकाे समेत नेतृत्व गरेका नेकपा अध्यक्ष प्रचण्डले चिनमा समेत…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी