फर्किए सभामुख महरा, के ल्याए तिब्बतबाट (हेर्नुहोस विज्ञप्ती)

47 Hits

काठमाडौं, २७ भदौ

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा ५ दिने औपचारिक भ्रमण पुर गरी तिब्बतबाट स्वदेश फर्किएका छन् ।
सभामुख महराले स्वेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारमाझ आफ्नो चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण फलदायी भएको बताएका छन् ।

सभामुख महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, भ्रमण फलदायी र निकै उपलब्धिमूलक रह्यो ।

उनले तातोपानी नाका छिट्टै खुलाउने गरी चीनले आन्तरिक तयारी गरेको खुलासा गरे । तिब्बत सरकारका प्रमुखसँग भएको भेटमा पनि तातोपानी नाका खुलाउने विषयमा छलफल भएको भन्दै उनले नाका छिट्टै खुलाउने गरी आन्तरिक तयारीको कामलाई अघि बढाइएको तिब्बत सरकारले जानकारी दिएको बताए ।

गत शुक्रबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै तिब्बत गएका सभामुख महरा ‘चौथो चीन(तिब्बत पर्यटन तथा सांस्कृतिक प्रर्दशनी’ को उद्घाटन समारोहमा सहभागी भएका थिए । उनले तिब्बत सरकारका प्रमुखसँग द्धिपक्षीय हितका विषयमा छलफल गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

त्रिभुवन विमानस्थलमा वितरित प्रेस विज्ञप्तीमा उनले भ्रमण्को क्रममा भएका भेटघाट र उपलव्धीलाई ७ बुँदामा उल्ल्ेख गरिएको छ
हेर्नुहोस विज्ञप्ती-

संघीय संसद सचिवालय
मितिः २०७५ भदौ २७
प्रेस विज्ञप्ती

१. संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुख कृष्णबहादुर महरा छिमेकी राष्ट्र जनवादी गणतन्त्र चीन र यसको स्वशासित क्षेत्र तिब्बत सरकारको निमन्त्रणामा तिब्बतको ल्हासामा आयोजित 4th China Tibet Tourism and Culture Expo, 7-12 September, 2018 मा प्रमुख अतिथिको रुपमा १० सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भई आज स्वदेश फर्कनु भयो । उक्त प्रतिनिधिमण्डलमा नेपाली महावाणिज्यदूत श्री गोविन्द वहादुर कार्कीको समेत सहभागिता रहेको थियो ।

२. September 7 मा भएको 4th China Tibet Tourism and Culture Expo को उद्घाटन समारोहमा सम्माननीय सभामुखज्यूले प्रमुख अतिथिको रुपमा उद्घाटन मन्तव्य दिनुभयो । सो क्रममा सभामुखज्युले भौगोलिक रुपमा सिमाना जोडिएका नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत बीच हजारौं वर्षौंदेखि विकसित हुंदै आएको ऐतिहासिक, सामाजिक, धार्मिक, सांस्कृतिक, व्यापारिक, आर्थिक एवं द्विपक्षीय कूटनीतिक सम्बन्धका बहुआयमिक विषयमा नेपालको धारणा प्रस्तुत गर्नुभयो । सो अवसरमा सभामुखज्यूले नेपाल एक चीन नीतिमा दृढ रहेको र यसै नीतिको आधारमा नेपाल र चीन एवं स्वशासित क्षेत्र तिब्बत बीचको सम्बन्ध थप बलियो हुंदै जाने धारणा राख्नुभयो ।

३. सम्माननीय सभामुख र मा. सदस्यहरु 4th China Tibet Tourism and Culture कार्यक्रम अन्तर्गत ल्हासामा आयोजित Summit मा सहभागी भै तिब्बतको बहुआयमिक पक्ष एवं विशेष गरि तिब्बत स्वशासित क्षेत्रको भौगोलिक विशिष्टता, संस्कृति तथा पर्यटन, आर्थिक, धार्मिक तथा सांस्कृतिक विकास, पर्यावरणीय पक्षका बारेमा तिब्बत एवं चीनका सरकारका उच्च पदाधिकारी एवं विज्ञहरु, जनप्रतिनिधि एवं राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहभागीबाट प्रस्तुतीकरण कार्यक्रममा सहभागी हुनुभयो । साथै 4th China Tibet Tourism and Culture Expo मा सभामुखज्यू र प्रतिनिधिमण्डलका सदस्यहरुले नेपाल र तिब्बतका उद्यमी तथा व्यापारीहरुले राखेका विभिन्न मौलिक औद्योगिक, पर्यटकीय वस्तुका स्टलहरुको अवलोकन गरी नेपाल र चीन एवं तिब्बत बीचको व्यापार एवं बजारीकरणको अवस्था र सम्भावनाका सम्बन्धमा जानकारी लिनुभयो ।

४. सम्माननीय सभामुखज्यूले September 9 मा तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दुतावासको परिसरमा चीनको केन्द्र सरकार तथा तिब्बत स्वशासित क्षेत्र सरकारको सहयोगमा पुनर्निर्माण हुने निम्न ३ आयोजनाहरुको शिलन्यास गर्नुभयो । उक्त शिलान्यास कार्यक्रममा तिब्बतका पार्टी सचिव, जनकांग्रेसका अध्यक्ष, जनसरकार प्रमुख तथा अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो । • नेपाली महावाणिज्य दुतावासको भवन, • नेपाल र चीनको सिमानामा रहेको तातोपानीको मितेरी पुल • नेपाल र चीनको सिमानामा बन्ने रसुवागढी पुल उपरोक्त शिलन्यास कार्यक्रममा नेपाली संसदीय प्रतिनिधिमण्डल मा.सदस्यहरु, ल्हासास्थित नेपाली महावाणिज्य दुत, नेपाल–चीन हिमालय मैत्री समाजका अध्यक्ष र सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

५.सम्माननीय सभामुखज्यूले सेप्टेम्बर १० मा एक्स्पो अन्तर्गत तिब्बतको लिन्ची प्रिफेक्चर अन्तरगत लुलाङ्ग शहरमा आयोजित Trans-Himalayan Belt and Road International Economic Cooperation Forum मा प्रमुख अतिथिको रुपमा Keynote Speech प्रस्तुत गर्नुभयो । सो अवसरमा सभामुखज्यूले चीनका महामहिम राष्ट्रपतिले अगाडि बढाउनु भएको वेल्ट एण्ड रोड एनिसियटिभमा नेपाल आवद्ध भइसकेको सन्दर्भमा यस अवधारणाका माध्यमबाट नेपाल र चीन एवं तिब्बतबीच के कसरी पूर्वाधार विकास, पर्यटन, आर्थिक, सामाजिक, व्यापारिक तथा लगानीका क्षेत्रमा सम्बन्ध विस्तार गर्दै दुई देश र हिमालय क्षेत्रका जनता बीचको आपसी सम्बन्ध एवं हित प्रबद्र्धन गर्न सकिन्छ भन्ने विषयमा धारणा राख्नुभयो । उक्त कार्यक्रम नेपाल र चीन (तिब्बत) बीचको बहुआयमिक विषयमा केन्द्रित भएकोले सो कार्यक्रममा नेपालको संसदीय प्रतिनिधिमण्डलका मा. सदस्यहरु, नेपाल र तिब्बत एवं चीन सरकारका प्रतिनिधि, तिब्बतस्थित नेपालका महावाणिज्यदुत, नेपाल–चिन हिमालयन मैत्री समाजका अध्यक्ष एवं पदाधिकारी, व्यापारिक समाज एवं बैंकर्स, विश्वविद्यालयका प्राध्यापक एवं बुद्धिजिवी र नेपाल एवं तिब्बतका पत्रकारहरुको सहभागिता रहेको थियो ।

६. तिब्बत भ्रमणका अवसरमा सम्माननीय सभामुखज्यूले चीनको तिब्बत स्वशासित क्षेत्रका पार्टी प्रमुख Wu Yingie एवं उच्चपदस्थ पदाधिकारीसँग शिष्टाचार भेटघाट समेत गर्नुभयो । सो अवसरमा उहाँहरु बीच नेपाल, तिब्बत र चीन बीचको ऐतिहासिक एवं कूटनीतिक सम्बन्ध, व्यापार, लगानी एवं पर्यटन लगायतका विषयमा छलफल भएको थियो ।

७. समग्रमा सम्माननीय सभामुखज्यूको नेतृत्वको नेपालको संसदीय प्रतिनिधिमण्डलको यस भ्रमणबाट नेपाल र चीन एवं यसको स्वशासित क्षेत्र तिब्बत बीचको आपसी हित एवं मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाएको छ ।

प्रतिनिधिमण्डलमा मा० शान्तिमाया तामाङ पाख्रिन, मा० रंगमती शाही, मा० अकवाल मिया, मा० उमाशंकर अरगरिया, मा० दुर्गा पौडेल र सचिवालय सचिव भरतराज गौतम, सभामुखज्यूका प्रमुख स्वकीय सचिव अर्जुन खत्री केसी, निजी सचिव टीका बुढामगर र पत्रकार सन्तोष धिताल रहनुभएको थियो । धन्यवाद !

 

Loading...

Related News

भारतीय प्रधानमन्त्री मोदी र प्रचण्डबीच भेट, दुई देशको सम्वन्धमा ऐतिहासिक फड्को

काठमाडौं, २३ भदौ । नेकपा अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमनत्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको…

बेलायतका दक्षिण एसिया विभाग प्रमुखले भेटे प्रचण्ड

काठमाडौं । बेलायतका दक्षिण एसिया विभाग प्रमुख ग्यारेथ बेलीले अध्यक्ष प्रचण्डसँग आज बिहान भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी