साल्ट ट्रेडिंगले मनायो ५६ औं वार्षिकोत्सव, उदेश्य पुरा भएको छ- मन्त्री यादव

143 Hits

काठमाडौं, २७ भदौ ।
उद्योग वाणीज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवले साल्ट ट्रेडिंग कपोरेशनले आफ्नो उदेश्य पुरा गरेको प्रतिक्रिया दिएका छन् ।
साल्ट ट्रेडिंग लिमिटेडको ५६ औं वार्षिकोत्सव समारोहमा संक्षिप्त संवोधन गर्दै मन्त्री यादवले नुन पुर्याउने र आयोडिनको कमीले हुने गलगाँड आउने समस्या समाधान गर्ने उदेश्यमा साल्ट ट्रेडिंग सफल भएको बताएका हुन् ।

साल्ट ट्रेडिंगले ५५ वर्ष पुरा गरी ५६ औं वार्षिकोत्सव मनाइरहँदा कृषहरुलाई मल पुर्याउने उदेश्यमा भने सफलता नमिलेकोप्रति मन्त्रीको गुनासो थियो । उनले मल पुर्याउने जिम्मा साल्ट ट्रेडिंग र कषि सामग्री संस्थानले लिएको भएतापनि कृषहरुले मल नपाएर हाहाकार किन भइरहेको छ यसबारेमा भने सबैलै जिम्मेवारपूर्वक कार्य गर्नुपर्ने निर्देशन दिए ।
कृषि प्रधान देशमा हामी सबै चिज बाहीरबाट मगाएर खाइरहने, व्यापार घाटा भयो भनिरहने मन्त्री यादवले समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको प्रतिवद्धता पुरा गर्न सबैले आफ्नो स्थानबाट आफूले लिएको जिम्मेवारी पुरा गर्न आग्रह गरे ।
उनले संगठन संचालन गर्दा केही समस्याहरु आउने भएता पनि आफू साल्ट ट्रेडिंगमा देखिएका समस्या समाधान गर्न मन्त्रालयको तर्फबाट छलफल गर्न तयार भएको पनि बताए ।
उनले सरकार, संचालक समिति, सिइओ, व्यापारी, उपभोक्ता सबैले एकतावद्ध भएर समस्या समधान गर्न सकिने विश्वास व्यक्त गर्दै संस्थालाइ नाफामूखी भन्दा सेवामुखि बनाउन निर्देशन दिए ।

मन्त्री यादवको प्रमूख आतिथ्यमा सम्पन्न वार्षिकोत्सव समारोहमा साल्ट ट्रेडिंगको वार्षिको प्रतिवेदन सहित समस्याहरु पनि प्रस्तुत गरिएका थिए । कार्यक्रम संचालक समितिका अध्यक्ष लक्षमणदास मानन्धरको सभापतित्वमा भएको थियो भने मन्त्रालयका सहसचिव नवराज ढकाल सहित, संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

Loading...

Related News

हाम्रा विरुद्ध अनर्गल प्रचार गरियो, मन्त्रालयमा आएर बझ्नुस् : मन्त्रीहरु

काठमाडौं, ५ पुस । सरकारका मन्त्रीहरुले आफूहरु विरुद्ध मिडिया अनर्गल प्रचारमा उत्रिएको भन्दै यथार्थ बुझ्न मन्त्रालय आउन चेतावनी दिएका छन्…

हेटौंडा कपडा उद्योग पुनः चलाउने तयारी

काठमाडौं, २२ साउन । सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने निश्कर्ष निकालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी