निर्मला हत्या प्रकरण : अनुसन्धानमा संलग्न सबै प्रहरीमाथि छानविन हुने

126 Hits

काठमाडौैंं, २७ भदौ

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीद्धारा अभियुक्त बनाइएका दिलीपसिंह विष्ट रिहा भएपछि अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानविन हुने भएको छ ।

मंगलबार राति गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले घटना अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानविन गर्ने निर्णय गरेको हो ।  उनीहरुमाथि छानविन गर्ने निर्णय भएको मन्त्रालय श्रोतले बतायो ।

सिआईबी अनुसन्धानमाथि नै प्रश्न ? 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न खटिएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबी टोलीमाथि गम्भीर प्रश्नचिह्न उठेको छ । टोलीको सहयोगमा कञ्चनपुर प्रहरीले निर्मला हत्याको आरोपमा ४१ बर्षीय दिलीपसिंह विष्टलाई पक्राउ गरेको थियो ।

दिलीपको डिएनए परीक्षण रिपोर्ट नमिलेपछि सिआइबीको अनुसन्धान टोलीमाथि प्रश्न उठेको हो । विशेष दक्षता भएका र अनुसन्धानमा पोख्त प्रहरी अधिकृत रहने सिआईबीको अुसन्धानलाई विश्वसनीय मानिँदै आएको थियो ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।

निर्मला पन्तको हत्यारा भनेर प्रहरीले दोषी ठहर्याएका भीमतत्त नगरपालिका ११ का ४१ बर्षीय दिलीपसिंह विष्टको डिएनए रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ । डिएनए रिपोर्ट नलिमेपछि उनी निर्दोष ठहरिएका हुन् ।

निर्मलाको डिएनए प्रोफाईलसँग मेल नखाएपछि दिलीपलाई उनका दाजु खडक विष्टको जिम्मामा मुक्त गरिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले बताए । ओझाले भने, निर्मलाको पोस्टमार्टकमो डिएनए प्रोफाईलसँग दिलीपको डिएनए प्रोफाईल नमिलेपछि उनलाई दाजुको जिम्मा लगाएर छोडिएको हो ।,

दिली निर्दोष ठहरिएपछि निर्मला हत्याकाण्डले नयाँ मोड लिएको छ । प्रहरीले झुठो विवरण प्रस्तुत गरेर दिलीपलाई किन दोषी ठहर गर्न खोज्यो ? अधिकारकर्मी शारदा चन्दा भन्छिन्, दिलीप निर्दोष ठहरीएपछि प्रहरीले दोषी बचाउन खोजेको पुष्टि भएको छ ।

निर्मलाको हत्यारा सुनियोजित थियो र शक्तिशाली दोषी बचाउन कति प्रयास गरियो भन्ने प्रस्ट भईसकेको स्थानीय मञ्जु भट्टले बताई ।, यो खबर आजको नागरिक दैनिकको पहिलो पृष्ठमा छ ।

 

Loading...

Related News

निर्मला हत्याकाण्डको ६० दिन पछि अर्को प्रतिबेदन गृहमन्त्रीको हातमा

काठमाडौं, ९ असाेज । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको छानबिन गर्न गठिन उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ ।…

निर्मला हत्याकाण्ड २ महिना पूरा : अझै भेटिएन ठाेस प्रमाण

काठमाडौं, ९ असाेज – कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा भएको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी