खानेपानी मन्त्री मगरले गरिन् प्रदेशका मन्त्रीसँग छलफल

192 Hits
संघ र प्रदेश सरकार मिलेरै योजना कार्यान्वयन गर्ने हो : खानेपानी मन्त्री बिना मगर
काठमाडौं । खानेपानी मन्त्रालयले आधारभुत खानेपानीको पहुँच पु-याउन तय गरिएका योजनाहरु कार्यान्वयन गर्न सक्रियता बढाउने बताएको छ ।
खानेपानी मन्त्रालयले मंगलबार सात वटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री र भौतिक सचिवहरु सँग सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा संघीय सरकार र प्रदेश सरकार बीच समन्वय गरेर आयोजनाहरु कार्यान्वयन गर्ने बताएको हो ।
कार्यक्रमको अध्यक्षता गर्नु हुँदै खानेपानी मन्त्री बिना मगरले संघ र प्रदेश सरकार बीच कुनै किसिमको अन्यौलता नहुने गरी खानेपानीका आयोजनाहरु अघि बढाईने बताउनुभयो । उहाँले सन् २०३० सम्म दीगो विकासका लक्ष्यहरु पुरा गर्नु पर्ने जिम्मेवारी सरकारको काँधमा रहेकाले त्यस्तो लक्ष्य हासिल गर्न खानेपानीको क्षेत्रमा धेरै काम गर्नुपर्ने चुनौति रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ तीन वर्ष भित्र देशैभरि आधारभूत खानेपानीको पहुँच पु¥याउन निकै चुनौति छ । तीनै वटै तहका सरकारले विशुद्ध सेवाको रुपमा खानेपानी आपूर्तिलाई लिनु पर्दछ । खानेपानीका आयोजनाहरु सञ्चालन गर्ने सम्बन्धी कतिपय ऐन नियमहरु निर्माणको चरणमा छौं । संघ र प्रदेश सरकार मिलेरै यस्ता आयोजनाहरु सञ्चालन गर्नु पर्दछ ।’
खानेपानी मन्त्री बिना मगरले अब छिट्टै नै सात वटै प्रदेशमा कर्मचारीहरुको व्यवस्थापन गरेर आयोजनाहरुलाई द्रुत गतिले अघि बढाईने बताउनुभयो । खानेपानीका केही महत्वपूर्ण योजनाहरुको सम्भावना खोजी गर्न समेत प्रदेश सरकारलाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा सात वटै प्रदेशका भौतिक पूर्वाधार मन्त्रीहरुले छिटो भन्दा छिटो आयोजनाहरु कार्यान्वयन गर्न केन्द्रबाट कर्मचारीहरु पठाउन आग्रह गरे । कर्मचारीहरु नभएका कारण काम गर्न गाह्रो परेको उनीहरुको भनाई थियो ।
खानेपानी मन्त्रालयले करिब ४ हजार योजनाहरु प्रदेश सरकारलाई हस्तान्तरण गरिएको जनाएको छ ।
Loading...

Related News

मेलम्चीका गाडीहरू तत्काल फिर्ता गराउन मन्त्री मगरले गरिन् निर्देशन

काठमाडौं, १३ कार्तिक । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका र अन्यत्र प्रयाेग भइरहेका विभिन्न गाडीहरु…

तराईका २२ जिल्लामा शुद्ध खानेपानी दिने मन्त्री बीना मगरको यस्तो योजना

नवलपरासी, २७ असोज– खानेपानी मन्त्री बीना मगरले तराईका २२ जिल्लामा शुद्ध खानेपानी दिलाउने प्रतिवद्धता ब्यक्त गरेकी छिन् । उनले ती…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी