तीजका दिन काठमाडौँमा नयाँ रुट: यी स्थानमा हुँदैछ सवारी प्रवेश निषेध

80 Hits

काठमाडौँ । महिलाहरुको महान चार्ड हरितालिका तीजको दिन महानगरीय ट्राफिक महाशाखाले काठमाडौँका विभिन्न स्थानमा सवारी प्रवेस प्रतिबन्ध लगाउने भएको छ ।

तीजका दिनमा हुने चाप र भीडभाडलाई नियन्त्रणमा लिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले बाग्मती करिडोरका केही रुटमा पूर्ण रुपमा यातायात प्रतिबन्ध लगाउने भएको हो ।

पशुपतिनाथ मन्दिर परिसर भएर चल्ने सवारी साधनका लागि महासाखाले नयाँ रुट व्यवस्थापन गरेसँगै नयाँ बानेश्वर, तीनकुने भएर चक्रपथ परिक्रमा गर्ने सवारी साधनलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर बानेश्वर हुँदै सिनामंगलसम्म र सोही रुट भएर फर्कने व्यवस्था गरेको छ ।

यस्तै महाशाखाले तीनकुने गौशालातर्फ भएर चल्ने मालवाहक सवारी साधनलाई दिनभर चल्न रोक लगाएको छ भने सरकारी सवारी साधनलाई प्रहरी विभाग गौशालामा पार्किङको व्यवस्था गरिएको छ । तीर्थयात्री, दर्शनार्थी तथा पर्यटकको लागि भने पशुपति क्षेत्र विकास कोषले तिलगंगामा पार्किङको व्यवस्था गरेको छ ।

यस्तै, नारायणटार पुलबाट करिडोरको बाटो भएर चल्ने सबै मालवाहक सवारीलाई पनि चलाउन रोक लगाइएको छ । पानी ट्याङ्करलाई पनि उक्त रुटमा रोक लगाइएको छ ।

त्यसैगरी रातोपुल गौशाला हुँदै चावहिल बौद्धतर्फ चल्ने सवारी साधनलाई पुरानो बसपार्क भोटाहिटी, जमल हुँदै लाजिम्पाट, नारायण गोपाल चोकबाट चावहिल जान पाउने व्यवस्था गरिएको छ।

रातोपलु गौशाला भएर चल्ने माइक्रो बस र टेम्पोहरूलाई रत्नपार्क, भद्रकाली, जमल हुँदै सानो गौचरण, कालोपुल तथा सिफलबाट चल्ने व्यवस्था मिलाइएको छ।

श्ंखमूल नयाँ बानेश्वर हुँदै पुरानो बानेश्वर भएर चल्ने माइक्रोबस र टेम्पोहरूलाई पुरानो बानेश्वरबाट सेतोपुल हुँदै करिडोरको बाटोबाट कालोपुल निस्कने व्यवस्था मिलाइएको छ।-makalukhabar

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी