खानेपानी ल्याउन अाधा घण्टा बढी लाग्छ ? खानेपानी मन्त्रालयमा साेझै फाेन गर्नुस्

744 Hits
खानेपानीको समस्या सुल्झाउन देशैभरि मन्त्रालयले सुरु गर्दैछ नयाँ योजना
काठमाडौं, २५ भदौ  ।
खानेपानी मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने घर परिवार र समुदायको पहिचान गरी विवरण संकलन अभियान थालेको छ ।
खानेपानी मन्त्री बिना मगरको विशेष सक्रियतामा यो अभियान सुरु गरिएको हो । मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने समुदाय तथा क्षेत्रहरुको विवरण संकलन गरी त्यसको आधारमा नयाँ योजनाहरु बनाउने तयारी गरेको छ ।
खानेपानी मन्त्री बिना मगरले यो विवरण संकलन गर्नुको उद्देश्य खानेपानीको समस्या भोगिरहेका जनतालाई पानीको सुविधा पु¥याउनु नै रहेको बताइन् । उनले  भनिन्, ‘कस्ता कस्ता ठाउँहरुमा खानेपानीको समस्या रहेछ त्यो कुरा थाहा पाउनु  जरुरी छ ।
मन्त्री मगरले खानेपानी लिन विशेष गरी गृहिणी महिलाहरु घण्टौ घण्टा सम्म हिंड्नुपर्ने बाध्यतालाई सुल्झाउन मन्त्रालयले यस्तो कदम चालेको स्पष्ट पारिन्  । यसको आधारमा हामी नयाँ योजनाहरु बनाउने उनकाे भनाइ छ ।
एक हप्ता भित्र विवरण पठाउन मन्त्रालयले देशै भरिका घर परिवार, सामाजिक संघ संस्था र स्थानीय तहहरुलाई अनुरोध गरेको छ । खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने समुदायका लागि सम्पर्क गर्न मन्त्रालयले टोल फ्रि नम्बरको समेत व्यवस्था गरेको छ । जसका लागि १६६००१४२१११ नम्बरमा निशुल्क फोन गर्न सकिने छ ।  मन्त्री मगरकाे याे कदमले गृहिणी महिलाहरूकाे स्वास्थ्य र प्रगतिमा महत्त्वपूर्ण भुमिका खेल्न सक्छ ।
Loading...

Related News

मेलम्चीबारे अाशंका नगराैं, निर्धारित समयमै सकिन्छ – खानेपानी मन्त्रालय (विज्ञप्तिसहित)

काठमाडौं, ३ पुस ।  खानेपानी मन्त्रालयले मेलम्ची अायाेजना समयमै सम्पन्न गर्ने स्पष्ट पारेकाे छ । केही दिन अघि मेलम्ची अायाेजनाकाे…

मेलम्चीको ढिलाइमा समस्या कहाँ हाे ? खानेपानी मन्त्रीकाे यस्तो छ संकल्प

काठमाडौं, २० मंसिर । मेलम्चीको पानी काठमाडौंमा ल्याउने र काकाकूल काठमाडौंलाई तिर्खा मेटाउने कुरा हुन थालेको करिब ३० वर्ष भयो…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी