प्रधानन्यायाधीशमा मिश्रको नाम सर्वसम्मत अनुमोदन

52 Hits

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत अनुमोदन गरेको छ । उनीविरुद्ध चारवटा उजुरी परेको भए पनि एउटा उजुरी फिर्ता भइसकेको थियो भने बाँकी तीनवटा उजुरीका विषयमा छलफल भएको थियो ।


सोमबार  संसदीय सुनुवाई समितिमा भएको छलफलपछि उनको नाम सर्वसम्मत अनुमोदन भएको हो ।

उनीविरुद्ध परेको उजुरीमा सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा नातेदारको पक्षमा फैसला गरिएको आरोप थियो । त्यसैगरी अर्को फौजदारी मुद्दामा चारजनालाई सफाइ दिएको आरोप थियो भने प्रश्नपत्र बिक्रीको आरोप लागेका व्यक्तिकै पक्षमा फैसला गरेको अर्को आरोप रहेको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी