उत्तर कोरियाको ७०औं वार्षिकोत्सव : यसपटक किन गरिएन क्षेप्यास्त्र प्रदर्शन ?

94 Hits

एएफपी/
उत्तर कोरियाले आफ्नो स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन गरेको छैन । अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएकाले ब्यालेस्टिक क्षेप्यास्त्रविना सैनिक ट्यांक र तोप सहित हजारौं सैनिकले मार्चपास गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन चिनियाँ राष्ट्रपतिका कूटनीतिक प्रतिनिधिले समेत नेता किमसँगै मार्चपास गर्ने सैनिकले चढाएको सलामी ग्रहण गरेका थिए । दोस्रो विश्वयुद्ध समाप्त हुनैलाग्दा कोरियाली द्वीपलाई विभाजन गरी ७० वर्षअघि रूस र अमेरिकाले सेप्टेम्बर ९, १९४८ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) स्थापना भएको घोषणा गरेका थिए । एक्काइस तोपको सलामीपछि किम इल सुङ स्क्वायर छिचोल्दै दर्जनौं सैनिक टुकडीले मार्चपास गरेको थियो । सैनिकहरूमध्ये केहीले नाइट–भिजन चश्मा लगाएका थिए भने केहीले रकेटयुक्त ग्रिनेड लन्चर बोकेका थिए । यी आधुनिक हतियारसहितको मार्चपासलाई नेता किम सहितका विशिष्ट व्यक्तिले रोस्ट्रमबाट अवलोकन गरेका थिए ।

नेता किमसँगै चिनियाँ प्रतिनिधि एवं चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो स्थायी समितिका सदस्य ली झाङ्सु रहेका थिए । उनीहरू दुबैबीच समयसमयमा कुराकानी भएको देखिन्थ्यो । मार्चपासमा सैनिक बाहन, रकेट लन्चर्स र ट्यांकहरूको लाइन अघि बढेको थियो । आकाशमा सैनिक विमानले आतिसबाजी देखाएका थिए । कार्यक्रमको अन्त्यमा क्षेप्यास्त्रहरू देखाइएको थियो । त्यहाँ जहाज विध्वंसक क्रुज क्षेप्यास्त्र जडित कुम्सोङ–३ र जमिनबाट हावामा मार हान्ने पोन्गे–५ देखाइएको थियो ।

मार्चपासमा गत वर्ष पहिलोपटक परीक्षण गरिएका अमेरिकासम्म मार हान्न सक्ने ह्वासोङ–१४ र १४ क्षेप्यास्त्र प्रदर्शन गरिएन । ‘उत्तर कोरियाले सैनिक क्षमतालाई नियन्त्रणमा राख्न चाहेको देखिन्छ । उत्तर कोरियाले आणविक निःशस्त्रीकरणमा देखाएको प्रतिबद्धता स्वागतयोग्य छ र यसलाई सबैले प्रोत्साहित गर्नु पर्दछ’, कोरिया जोखिम समूहका व्यवस्थापन निर्देशक चाड ओक्यारोलले भने । सैनिक मार्चपास सकिएलगत्तै हजारौं नागरिकले कोरिया एकीकरणको आग्रह गरिएका प्लेकार्ड सहित रंगीबिरंगी पहिरनमा प्रस्तुतीकरण गरेका थिए । अप्रिलमा किमले उत्तर कोरियाको आणविक विकासको काम समाप्त भएको घोषणा गरेका थिए । उनले अब उत्तर कोरियाले समाजवादी आर्थिक विकासमा ध्यान दिइने जानकारी दिएका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी