‘छक्का पञ्जा ३’को दोस्रो गीत सार्वजनिक, ‘उमेर ढल्किन्छ’( भिडियो सहित)

276 Hits

काठमाडौं /बहुप्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’ को दोस्रो गीत ‘पछि उमेर ढल्किन्छ’ सार्वजनिक भएको छ । दशैँमा प्रदर्शनमा आउन लागेको सो चलचित्रको दोस्रो गीतको भिडियोमा नायक दीपकराज गिरी ‘उमेरै ढल्किन्छ’ भन्दै नायिका दीपिका प्रसाईंको पछि लागेका छन् ।

सो गीतको भिडियोमा दीपिका र दीपकराज बाहेक केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङलाई फिचरिङ गरिएको छ । निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको शब्द अर्जुन र दीपकराज गिरीले लेखेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

दीपाश्री निरौला निर्देशित यस चलचित्रको कथा दीपक आफैंले लेखेका हुन् । चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् । दीपक, केदार, जितु र यमन श्रेष्ठले डाइलग लेखेका हुन् । ‘छक्का पञ्जा ३’ मा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका छ भने अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता संजोग कोइराला गेस्ट रोलमा छन् । अभिनेत्री वर्षा राउत ‘पहिलो नम्बरमा’ गीतमा मात्र छिन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी