आइसिसीले दियो एसिया कपका सबै खेललाई ‘एकदिवसीय’ मान्यता

41 Hits

काठमाडौं, २५ भदौ। क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले एसिया कपका सबै खेललाई एकदिवसीय मान्यता दिने निर्णय गरेको छ । उसले आगामी १५ देखि २८ सेप्टेम्बरसम्म युएईको अबुधावीमा हुने एसिया कपका सबै खेललाई एकदिवसीय मान्यता दिने निर्णय गरेको हो ।

आइसिसीको यो नयाँ निर्णयबाट सबैभन्दा बढी फाइदा हङकङलाई हुने देखिएको छ । किनभने, एसिया कपमा सहभागीमध्ये एकदिवसीय मान्यता नभएको टिम हङकङ मात्रै थियो ।

हङकङ हालसालै मलेसियामा सम्पन्न एसिया कप छनौटबाट विजेता बन्दै एसिया कपका लागि छानिएको थियो । अब ऊ एकदिवसीय खेल खेल्ने टोली बनेको छ ।

एसिया कपमा खेल्ने बाँकी ५ वटै टिम एकदिवसीय मात्र होइन, टेस्ट मान्यताप्राप्त देश हुन् । त्यसमा हङकङ अब एकदिवसीय मान्यताप्राप्त टोली पनि हुने भएको छ ।

विश्वकप छनौटका आधारमा यो नयाँ निर्णय लिइएको सीईओ डेभिड रिचार्डसनले बताएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी