लमजुङका थापा प्रधान सेनापतिमा नियुक्त, राष्ट्रपतिले लगाइन् फूली

82 Hits

काठमाडाैं, २५ भदौ ।

नेपाली सेनाको ४३ औं प्रधानसेनापतिमा नियुक्त हुनु भएका पुर्णचन्द्र थापालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले आईतबार आयोजित बिषेश समारोहमा दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । राष्ट्रपति भण्डारी सेनाको परमाधिपति हुनुहुन्छ ।

गौरवमय इतिहास बोकेको नेपाली सेनाको प्रधानसेनापति बन्न सफल हुनु भएका थापालाई राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको सपथ समेत गराउनु भएको थियो ।

भदौ ३ गते बसेको मन्त्री परिषदको बैठकले कामु प्रधानसेनापति थापालाई प्रधानसेनापतिमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सैनिक परम्परा अनुसार नवनियुक्त प्रधानसेनापतिलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरे पश्चात उहाँले आफ्नो कार्यकक्षमा कार्यालय बहाली गरी प्रधानसेनापतिको कार्यभार सम्हाल्नु भएको थियो । नवनियुक्त प्रधानसेनापति थापाले सैनिक मञ्च टुडिखेल र वीर स्मारक छाउनीमा माल्यार्पण गरी सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो ।

२०१७ भादौ २५ गते लमजुङमा जन्मनु भएका प्रधानसेनापति थापा २०३७ मंसिर २७ गते सहायक सेनानी दर्जाबाट सैनिक सेवामा प्रवेश गर्नु भएको थियो ।,यो खबर आजको नेपाल समाचारपत्रमाा छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी