नेकपा अध्यक्ष प्रचण्ड अपरान्ह स्वदेश फर्कदै, यस्तो छ तालिका

152 Hits

काठमाडौं, २४ भदौ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मित्र राष्ट्र भारतको औपचारिक भ्रमण पुरा गरी आज स्वदेश फर्कदै हुनुहुन्छ ।
प्रचण्ड आज अपरान्ह नेपाल आइपुग्ने उहाँको सचिवालयले जनाएको छ । भ्रमण टोलीमा सामेल सचिवालय सदस्य सुर्यकिरण शर्माका अनुसार प्रचण्ड १२:५५ बजे एयर इन्डियाको विमानबाट नेपाल आउने कार्यक्रम छ । प्रचण्ड २: १५ बजे त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्नुने उनले जानकारी दिए ।
भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पुर्व प्रधानमन्त्री, विदेश मन्त्री र गृह मन्त्रीलगायत उच्च स्तरीय राजनीतिक भेटवार्ता गरेका थिए । प्रचण्डको भ्रमण नेपाल र भारतको सम्वन्ध सुधारमा बहुआयामीक र ऐतिहासिक फड्को भएको विश्लेषकहरुले बताएका छन् ।
प्रचण्ड भदौ २१ गते भारतको भ्रमणमा निस्कनुभएको थियो । उहाँलाई त्रिभुवन विमानस्थलमा भव्य विदाई गरिएको थियो । आज स्वदेश फिर्तामा पनि विमानस्थलमा स्वागतको तयारी गरेको नेकपा केन्द्रीय कार्यलयले जनाएको छ ।

Loading...

Related News

प्रचण्डलाई भेट्दा किन खुशी भए पुुुुर्व राजदूत डेलिसी ?

काठमाडौं, ७ चैत – नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले अमेरिकामा प्रचण्डलाई भेट्दा अत्यन्त खुशी व्यक्त गरेका छन् ।…

प्रचण्डविरूद्व अमेरिकामा मुद्वा हाल्ने तिलक नै पक्राउ पर्ने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं, ६ चैत – गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका गएको माैका छाेपेर उनी विरूद्व…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी