५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल

130 Hits

काठमाडौँ,  भदौ—
घरेलु राष्ट बंगलादेशलाई हराउँदै नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २/० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह एु को बिजेता पनि बन्यो ।

नेपालको लागि सेमिफाइनल पुग्न यो जित अनिवार्य थियो । आजको कान्तिपुरमा खबर छ पाकिस्तान विरुद्ध सुरुको पहिलो खेल गुमाएर ठूलो दबाबमा आएको नेपालले त्यस यताका दुई खेल जितेर प्रतियोगितामै उत्कृष्ट पुनरागमन गर्‍यो । नेपालको जितमा ३३ औं मिनेटमा बिमल घर्तीमगर र ९० औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरे ।

नेपाल साफ च्यम्पियनसिपको इतिहासमा सेमिफाइनल पुगेको यो चौथोपटक हो । यसअघि सेमिफाइनल पुगेको तीन उपलब्धि विदेशी प्रशिक्षकको नेतृत्वमा प्राप्त भएको थियो ।

यसपल्ट नेपाली प्रशिक्षक बालगोपाल महर्जनले यो उपलब्धि हात पारेका छन् । विदेशी प्रशिक्षकमा सन् १९९९ मा जर्मनका फ्राङ्क स्टेप्लर, २०११ मा इंग्ल्यान्डका ग्राहम रोबर्टस् र २०१३ मा प्युटोरिकोका ज्याक स्टेफेनोस्कीले नेपाललाई साफ च्याम्पियनसिपको सेमिफाइनलसम्म पुर्‍याएका थिए ।

नेपालले अब सेमिफाइनलामा खेल्ने प्रतिद्वन्द्वीको निर्णय आइतबार भारत र माल्दिभ्सबीच हुने खेलले गर्ने छ ।

खेलपछि आयोपित पोष्ट म्याच कन्फ्रेन्समा नेपालका सहायक

Loading...

Related News

पोर्चुगलमा भएको खेलमा वेल्जीयम टिम विजयी, पायो यस्तो उपाधी

काठमाडौं, ४ बैसाख । एनआरएन पोर्चुगलको आयोजनामा सम्पन्न यूरोपस्तरीय नेपाली फूटवल प्रतियोगितामा एन आर एन बेल्जियमले विजय हासिल गरेको छ…

नेपालमा पनि पबजी खेल्न र डाउनलाेड गर्न प्रतिबन्ध

काठमाडौं , २९ चैत- केही समयअगाडि छिमेकी देश भारतमा एक युवकको ज्यान गएपछि प्रतिवन्धित पकजी खेलमाथि नेपालमा पनि प्रतिबन्ध लागेकाे…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी