भारतीय प्रधानमन्त्री मोदी र प्रचण्डबीच भेट, दुई देशको सम्वन्धमा ऐतिहासिक फड्को

85 Hits

काठमाडौं, २३ भदौ ।
नेकपा अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमनत्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ ।

भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज दिउँसो भेटवार्ता भएको छ । भेटका अवसरमा मुख्यतः पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीका भ्रमणहरु, बिम्स्टेक सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणको सम्भावना बारे छलफल केन्द्रित रह्यो ।

नेपालमा हाइड्रो इनर्जीको विकास, हुलाकी मार्गको निर्माण, रेलवे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्रको विकासको बिषयमा छलफल भएको थियो ।

धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठहरुको एक वृहत्तर सर्किट बनाउने बिषयमा र एभरेष्टको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने बारेमा पनि छलफल भएको थियो । त्यसैगरी नेपाल भारत सीमामा रहेका समस्याहरुको समाधानका सम्बन्धमा पनि छलफल भयो । सीमा क्षेत्रमा भन्सारहरुको स्तरउन्नतीको बिषयमा पनि चर्चा भएको थियो ।

दुई देशको आपसी हित कसरी सुदृढ गर्ने भन्ने बिषयमा छलफल गर्दै पछिल्लो चरणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा भएका सकारात्मक समझदारीहरु र सहमतिहरुलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने बारेमा छलफल भएको थियो ।

विदेश मन्त्री सुषमा स्वराजसँग भेटवार्ता


अध्यक्ष प्रचण्डको भारतीय विदेश मन्त्री सुषमा स्वराजसँग पनि भेटवार्ता भयो । भेटका आवसरमा कम्युनिष्ट पार्टीहरुको एकतासँग सम्बन्धित र दुई तिहाईको सरकार बनेपछि नेपाल भारत सम्बन्धमा भएका विकासका प्रयास बारे कुराकानी भयो ।

भारतीय काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता

भारतीय काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग आज दिँउँसो भेटवार्ता भएको थियो । भेटमा मनमोहन सिंह प्रधानमन्त्री हुनुभएका बेलामा भएका समझदारी, छलफल र नेपालमा शान्ति प्रक्रियालाई अगाडि बढाउन उहाँको नेतृत्वको सरकारबाट भएको सहयोगप्रति अध्यक्ष प्रचण्डले धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माण भै सकेपछि देश विकास निर्माण तिर ध्यान केन्द्रित गरेकोप्रति नेता सिंहले खुसी व्यक्त गर्नुभयो । सरकारमा नभए पनि नेपालको विकास निर्माणमा आफूहरुको पूर्णतः सहयोग रहने उहाँले विश्वास दिलाउनु भयो ।

पोलिटेक्निकल इन्स्टिच्युटमा चासो
पछिल्लोपटक प्रधानमन्त्री हुँदा प्रचण्डले ०७३ को ३० भदौदेखि २ असोजसम्म भारतको राजकीय भ्रमण गरेका थिए । ३१ भदौमा मोदीसँग भएको द्विपक्षीय वार्तामा कास्कीको ढिकुरपोखरीमा पोलिटेक्निकल इन्स्टिच्युट बनाउने नेपालको प्रस्तावमा भारतले सहमति जनाएको थियो । ढिकुरपोखरी प्रचण्डको जन्मस्थान हो । ‘कास्की जिल्लामा पोलिटेक्निकल इन्स्टिच्युट स्थापनामा भारत सरकारले सहयोग गर्ने विषयमा पनि ठोस रूपमा कुराकानी भए,’ प्रचण्डको सचिवालयले भन्यो ।

भारतले अनुदानमा पोलिटेक्निकल इन्स्टिच्युट बनाइदिने वचन दिएको थियो । प्रचण्डसँग २ वर्षअघिको वार्तामा मोदीले नेपाल–भारत सम्बन्ध ‘हिमालयको अखण्डता र गंगाको पवित्रता’मा आधारित रहेको बताएका थिए । मोदीले नेपाल–भारत सम्बन्ध एकआपसमा परिपूर्ण बनाउँदा दुवैलाई लाभ हुने पनि उल्लेख गरेका थिए । त्यसवेला काठमाडौं–लुम्बिनी रेलवेका लागि सर्भे गरिदिने प्रस्ताव मोदीको थियो । हल्दियाबाट नेपालको कोसी र गण्डकमा फेरी (साना पानीजहाज) सञ्चालनका लागि संयुक्त रूपमा काम गर्ने मोदीको प्रस्तावमा प्रचण्डले सहमति जनाएका थिए । यसपटक पनि ती वार्ताबारे स्मरण भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

 

Loading...

Related News

फर्किए सभामुख महरा, के ल्याए तिब्बतबाट (हेर्नुहोस विज्ञप्ती)

काठमाडौं, २७ भदौ प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा ५ दिने औपचारिक भ्रमण पुर गरी तिब्बतबाट स्वदेश फर्किएका छन् । सभामुख महराले…

बेलायतका दक्षिण एसिया विभाग प्रमुखले भेटे प्रचण्ड

काठमाडौं । बेलायतका दक्षिण एसिया विभाग प्रमुख ग्यारेथ बेलीले अध्यक्ष प्रचण्डसँग आज बिहान भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी