कुकुरका लागि खोलिएको सुविधा सम्पन्न रेस्टुरेन्ट, जहाँ कुकुरले पार्टी गर्छन् !

107 Hits

एजेन्सी/
मानिसले विभिन्न अवसरमा पार्टी÷भोज गर्ने गरेको त हामीले सुनेकै÷देखेकै छौं । तर, कुकुरले पार्टी मनाएको पक्कै देख्नुभएको छैन होला ।

यो खबर हाम्रै छिमेकी देश भारतको हो । त्यहाँको मुम्बईस्थित अन्धेरी भन्ने ठाउँमा कुकुरकै लागि भनेर सुविधा सम्पन्न रेस्टुरेन्ट खोलिएको छ । जसको नाम पेट्स इमोसन्स फुड एन्ड एभरिथिङ हो । उक्त रेस्टुरेन्टका पाहुना भनेकै कुकुर हुन् ।

उक्त रेस्टुरेन्टमा कुकुरका लागि विशष प्रकारका खानेकुरा उपलब्ध छन् । त्यत्ति मात्रै हैन, उक्त रेस्टुरेनटमा कुकुरका लागि अन्य खेल्ने र समय बिताउने सुविधा पनि प्रशस्तै छ ।

कुकुरका लागि विशेष सेवा दिइने यस रेस्टुरेन्टमा सेवा लिने मानिसकै हकमा लाग्ने नियम छ । त्यो के भने, कुकुरकै लागि भनेर बनाइएको यो रेस्टुरेन्टमा कुकुरलाई सुविधा दिन विभिन्न वस्तु सजाइएको हुन्छ । त्यसैगरी, कुकुरलाई उनीहरूको मालिकसँग बसेर खान सजिलो होस् भनेर बेग्लै कुर्सीको पन व्यवस्थासमेत गरिएको हुन्छ ।

खबरमा बताइएअनुसार अहिले उक्त रेस्टुरेन्टमा दैनिक ४ सय वटासम्म कुकुरले खाना खान्छन् । बिदाका दिन कुकुर बढी यो रेस्टुरेन्ट जाने भएकाले अग्रिम बुकिङ गराए मात्रै त्यहाँ खाना पाइन्छ ।

यस रेस्टुरेन्टमा कुकुरका लागि जन्मदिन पार्टी मनाउने पनि व्यवस्था छ । उक्त रेस्टुरेन्टमा धेरैजसो आफूले पालेका कुकुरको जन्मदिन मनाउन मानिसहरू जाने गर्छन् ।

उक्त रेस्टुरेन्टका सञ्चालक दिपेन शर्माका अनसुार यो कुकुरकै लागि खोलिएको विशेष रेस्टुरेन्ट हो । तसर्थ, सञ्चालक र सेवा वितरकले जहिल्यै पनि कुकुरलाई आराम र स्वास्थ्यको ख्याल गरेर सेवा दिने गर्छन् ।

उक्त रेस्टुरेन्टमा धेरैजसो कुुकुरले खान मन पराउने परिकार भनेको रिसोटो नामको खानेकुरा हो । यो एक मेक्सिकन डिस हो ।

सञ्चालकले कुकुरको खाना र उनीहरूलाई खेल्न तथा आराम गर्न विशेष धयान दिइने हुनाले अहिले रेस्टुरेन्टको व्यापार पनि बढ्न थालेको बताएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी