ल्यापटपको सुरक्षा कसरी गर्ने ? यी टिप्स थाहा पाउनुहोस्

26 Hits

-शर्मिला शर्मा, आइटी इन्जिनियर

सूचना प्रविधिको विकाससँगै मानिसका लागि ल्यापटप र स्मार्टफोन अनिवार्य आवश्यकताजस्तै बन्न थालेको छ । तर, ल्यापटप प्रयोग गर्दा केही सावधानी अपनाउनुपर्ने हुन्छ । ल्यापटप प्रयोग गर्दा यस्ता सावधानी अपनाएमा लामो समय टिक्न सक्छ :

– ल्यापटप चलाउने वेला जहिले पनि समतल र कडा ठाउँमा राख्नुपर्दछ । ल्यापटपको तल्लो भागमा ताप आउने पंखा हुने भएकाले ओछ्यान तथा सोफामा राखेर चलाउँदा हावाको प्वाल टालिन सक्छ र ल्यापटप बढी तात्ने समस्या हुन्छ । चलिरहेको ल्यापटप बढी तातो हुन नदिनका लागि उक्त पंखाको प्रयोग गरिएको हुन्छ ।

– ल्यापटप स्क्रिनको लाइट ५० प्रतिशतभन्दा कम बनाएर प्रयोग गर्नुपर्दछ । यसो गर्दा आँखामा असर पर्नबाट रोक्नुका साथै लामो समयसम्म ब्याट्री टिक्ने गर्दछ ।

-ल्यापटपको ट्र्याकप्याड चिसो हातले चलाउनु हुँदैन । ट्र्याकप्याडलाई सुक्खा राखेर चलाउँदा बढी सजिलो र दाग लाग्ने सम्भावना कम हुन्छ ।

-ल्यापटपलाई लामो समयसम्म काखमा राखेर चलाउँदा पनि तात्ने समस्या हुन्छ । सम्भव भए ल्यापटप स्ट्यान्डमा राखेर चलाउनु उपयुक्त हुन्छ ।

-ल्यापटपमा इन्टरनेट चलाउनका लागि प्रयोग गर्ने राउटर वायरलेस भयो भने सजिलो हुन्छ ।

-ल्यापटपमा अनिवार्य रूपमा एन्टिभाइरस राख्नुपर्दछ । नत्र पेनड्राइभ, सिडी, इन्टरनेटजस्ता डिभाइसहरू प्रयोग गर्दा ल्यापटप छिटो बिग्रने समस्या हुन्छ ।

-ल्यापटपमा महत्वपूर्ण फाइल सेभ गर्दा सी ड्राइभ कहिल्यै पनि प्रयोग गर्नु हुँदैन । सी ड्राइभमा सेभ गर्दा फाइल उड्ने समस्या हुन्छ ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी