मृगौलाको संक्रमण हुँदा देखिने लक्षणहरु यस्ता छन्

101 Hits

मृगौलाले हाम्रो शरीर भित्र रहेका विभिन्न विषाक्त पदार्थहरुलाई बाहिर निकाल्न मद्धत गर्छ । यसले हाम्रो शरीरलाई सफा राख्न मद्धत गर्छ । यदि मृगौला मै कुनै खालको संक्रमण भयो भने यसले हाम्रो शरीरको अन्य अंगहरुमा पनि संक्रमण गराउँछ । त्यसैले मृगौलाको ख्याल गर्नु जरुरी छ । मृगौला सम्बन्धि समस्या भएका मानिसहरुको संख्या बद्धो छ । यदि मृगौलाको समस्याको सुरुमै पहिचान भयो भने यो निको हुन सजिलो हुन्छ । यसको लक्षण पहिचान गरि समयमा नै उपचार गर्न सक्नुपर्छ । मृगौलामा संक्रमण भएमा हाम्रो स्वास्थ्यमा विभिन्न खालका समस्याहरु देखापर्न थाल्छन् । जसलाई हामीले पहिचान गर्न सक्नुपर्छ ।

मृगौलामा संक्रमण हुँदा देखिने लक्षणहरु यस्ता छन् :

१) नीरन्तर पिसाव आउने : धेरै तरल पदार्थ पिसाब आइराख्न सक्छ । तर यदि तपाईले कुनै तरल पदार्थ नखाँदा पनि तपाईलाई पिसाब आउँछ भने तपाईलाई मृगौलाको संक्रमण हुनसक्छ । ब्याक्टेरियाले संक्रमण गरेको कारण यस्तो हुने गर्छ ।

२) पिठ्यूँ दुख्ने : यदि तपाईलाई काम गर्दा बारम्बार पिठ्यूँमा दुखेको महसुस हुन्छ भने तपाईको मृगौलामा समस्या आएको हुनसक्छ । मृगौला सुनिदा पनि यो समस्या आउने गर्छ । त्यसैले पिठ्यूँ दुख्ने बित्तिकै जाँच गराउनुहोस । यसले पछि मृगौलामा ठुलो समस्या ल्याउँछ ।

३) पिसाबमा रगत आउने : पिसाबमा रगत आइरहेको छ भने यो मिर्गौलामा संक्रमणको लक्षण हुन सक्छ । पिसाबमा रक्तश्राव कम हुन सक्छ तर यसलाई बेवास्ता नगर्नुहोस् । यो किड्नी सुन्निने कारण पनि हुन सक्छ ।

४) पिसाब फेर्दा दुखाई : पिसाब फेर्दा पोल्ने र दुखाई महसुस हुनु पनि मिर्गौला संक्रमणको संकेत हुन सक्छ । मानिसहरु अक्सर यसलाई बेवास्ता गर्छन् तर तपाईले तुरुन्त डाक्टरसँग भेट्नुपर्छ । यो मिर्गौला र मुत्राशय सुन्निने कारण पनि हुन सक्छ ।

५) पिसाब गर्दाको समयमा गन्ध : तपाईले पिसाब फेर्दा यदि तपाइको पिसाबमा सामान्य भन्दा अर्कै गनाउने गन्धा आउन थालो भने मृगौलाको संक्रमण हुनसक्छ । यस्तो अवस्थामा डाक्टरकोमा तुरुन्तै जानुपर्छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी