अध्यक्ष प्रचण्ड भारतमा, भाेली माेदीसँग भेट्दै, यस्ताे छ कार्यसूचि

164 Hits

काठमाडौं, २२ भदौ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको औपचारिक भ्रमणका क्रममा नयाँदिल्लीमा छन् ।

विहीबार अपराह्न दिल्ली पुगेका प्रचण्ड आइसिडब्लुएको निमन्त्रणामा भारत गएका हुन् । उनलाई  त्रिभुवन विमानस्थलमा नेकपा महासचिव विष्णु पौडेल तथा नेताहरू अमिक शेरचन, सुवासचन्द्र नेम्वाङ, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, लीलामणि पोखरेललगायतले भव्य बिदाइ गरेका थिए ।

तिनदिने अाैपचारिक भ्रमणको क्रममा भारत गएका प्रचण्डले शनिबार दिउँसो साढे १२ बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ७ लोककल्याण मार्गस्थित प्रधानमन्त्रीनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । दिल्ली जानुअघि पत्रकारसँग कुरा गर्दै प्रचण्डले नेपाल र भारतबीच यसअघि भएका सम्झौता र सहमति कार्यान्वयनमा जोड दिने बताएका थिए ।

शनिबार दिउँसो साढे १ बजे प्रचण्डको सम्मानमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले दिवाभोज आयोजना गरेकी छन् । साँझ इन्डिया फाउन्डेसनद्वारा आयोजित विद्वत् समारोहलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रचण्डको सम्मानमा बिहीबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले रात्रिभोज आयोजना गरेका छन् । डोभालले प्रचण्डसँग शिष्टाचार भेट पनि गरेका छन् । शुक्रबार साढे १२ बजे भारतका गृहमन्त्री राजनाथ सिंहले प्रचण्डसँग शिष्टाचार भेट गर्दै छन् । उनले साँझ ६ः३० बजे पिएचडिसिसिआईद्वारा आयोजित भारतीय उद्योगी व्यवसायीसँगको अन्तक्र्रियामा सहभागी हुनेछन् ।

Loading...

Related News

प्रचण्डद्धारा म्याग्दीमा विभिन्न स्थलको अवलोकन, म्याग्दीवासी खुशी

काठमाडौं । सोमबार म्याग्दी पुग्नुभएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आज बिहान म्याग्दीका विभिन्न स्थलहरुको अवलोकन भ्रमण गर्नुभएको छ ।…

पत्नीको उपचारका लागि प्रचण्ड बेनीमा, प्रचण्डसँगै बादल पनि डुबे  तातोपानीमा

म्याग्दी २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नशा सम्बन्धि रोगबाट थलिएकी श्रीमती…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी